सुन तस्करीका ‘योजनाकार’ कलेज सञ्चालक कार्यकारी अध्यक्ष गुरुङ, राजनीतिक नेतासँग पनि सम्बन्ध रहेको आशंकामा तथ्य केलाउँदै प्रहरी
रासंसा/काठमाण्डौ, पौष १९,
मुलुकमा दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा काठमाडौं डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी प्रमुख जीवनकुमार गुरुङ ‘योजनाकार’ रहेको पाइएको छ । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय भइरहेको तस्करी प्रकरणको ‘मुख्य नाइके’ समेत गुरुङ रहेको दाबी गर्दै थप छानबिन र अनुसन्धान गरिरहेको जनाएको छ । यसअघि मीन घले र दनबहादुरले गोरखाका चन्द्र घले र स्याङ्जाका कृष्णकुमार श्रेष्ठलाई पटकपटक सुन लिन दुबई पठाएको पाइएको थियो । मंसिर २१ गते मध्यरात फ्लाई दुबईबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । मीन र दनबहादुर जीवनकुमारको खटनपटनमा तस्करीमा संलग्न भएको पाइएको ती अधिकारीले जनाए । पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार छन् । सुन ल्याउन भरियालाई दुबई पठाउने गोरखाका मीन घले र लमजुङका दनबहादुर गुरुङलाई समेत जीवनकुमारले परिचालन गरेको अनुसन्धानमा संलग्न विभागका एक अधिकारीले बताए । ‘जीवनकुमारको सम्बन्ध राजनीतिक नेतासँग समेत रहेको आशंकामा खोजबिन गरिरहेका छौं,’ ती अधिकारीले भने, ‘सुन लिन दुबई पठाउने, सुन ल्याउने, ल्याएको सुन नेपाल हुँदै दिल्लीसम्म पुर्याउने योजनामा उनी सामेल छन् ।’पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार छन् । सुन ल्याउन भरियालाई दुबई पठाउने गोरखाका मीन घले र लमजुङका दनबहादुर गुरुङलाई समेत जीवनकुमारले परिचालन गरेको अनुसन्धानमा संलग्न विभागका एक अधिकारीले बताए । ‘जीवनकुमारको सम्बन्ध राजनीतिक नेतासँग समेत रहेको आशंकामा खोजबिन गरिरहेका छौं,’ ती अधिकारीले भने, ‘सुन लिन दुबई पठाउने, सुन ल्याउने, ल्याएको सुन नेपाल हुँदै दिल्लीसम्म पुर्याउने योजनामा उनी सामेल छन् ।’ विभागका महानिर्देशक शोभाकान्त पौडेलले यसअघिको ६१ र ९ किलो सुन तस्करी प्रकरणसँग पनि जोडेर १४ किलो सुन तस्करीका आरोपीमाथि अनुसन्धान जारी रहेको बताए । गत साउन २ मा विमानस्थलबाट बाहिरिएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन ब्रेक सुमा लुकाएर ल्याइएको थियो भने त्यसअघि २०७९ पुस १० मा विद्युतीय चुरोट भेपमा राखी ल्याएको ९ किलो सुन विमानस्थलबाटै बरामद भएको थियो । ती प्रकरणमा पक्राउ परेकाहरूको सम्बन्ध पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश र पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसँग देखिएको थियो । ९ किलो सुन तस्करीको आरोपमा राहुल पुर्पक्षका लागि थुनामा छन् । उनीहरूसँग जीवनकुमारको साइनो र सम्बन्धबारे पनि खोजबिन भइरहेको अनुसन्धान अधिकारीहरूको भनाइ छ । तस्करहरूले ल्याएको सुन विमानस्थलको शौचालयभित्र लुकाएर राख्ने गरेको तथ्य फेला परेको थियो । त्यहाँबाट नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको मिलेमतोमा विमानस्थलभित्रैकै ‘चोर बाटो’ बाट सुरक्षा जाँच छल्दै सुन बाहिर निकाल्ने गरिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । विमानस्थलबाट सुन बाहिर निकाल्न प्राधिकरणका कर्मचारीहरू काठमाडौंका शेरबहादुर बस्नेत, राधाकृष्ण श्रेष्ठ, नुवाकोटका लेकबहादुर तामाङ, धादिङका अनिल श्रेष्ठ र रमेश देउला संलग्न रहेको पाइएको थियो । उनीहरू पक्राउ परिसकेका छन् । विमानस्थल भन्सार कार्यालयले जीवनकुमारलाई पक्राउ गर्न प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेर आग्रह गरेको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट गत आइतबार पक्राउ पुर्जी जारी भएको छ । ‘दुबईबाट दिल्लीसम्म अवैध तरिकाले सुन ओसारपसार गर्न सम्पूर्ण बन्दोबस्त जीवनकुमारले मिलाएको देखिन्छ,’ ती अधिकारीले भने । जीवनकुमारले सुन ल्याउन मीन घले र दनबहादुरलाई परिचालन गर्ने र उनीहरूले चन्द्र घले र कृष्णकुमार श्रेष्ठलाई दुबई पठाउने गरेको विभागले भन्सार अधिकृत मीनराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले फेला पारेको थियो । उनीहरूले दुबईमा भारतीय नागरिक अंकित अग्रवाल र गुरु भनिने व्यक्तिलाई भेटेर सुन ल्याउँथे । मीन घले स्वयं पनि सुन बोक्न दुबई जाने–आउने गरेको भेटिएको थियो । मीनकी श्रीमती धनकुमारी र दनबहादुरकी श्रीमती बिनाले समेत भरियाहरूसँग कुराकानी गरेर सुन बुझ्ने गरेको भेटिएको छ । भन्सार विभागले गरेको छानबिन र आरोपीहरूको बयानका आधारमा घले समूहले सन् २०१४ देखि नै सुन ल्याउने गरेको प्रमाण भेटिएको थियो । विभागका अनुसार मीन, चन्द्र र धनबहादुरको १० वर्षअघिदेखि नै विदेश आउजाउ शंकास्पद र अस्वाभाविक देखिएको छ । उनीहरूले त्यति बेलादेखि नै सुन तस्करी गरिरहेको निष्कर्षसहित छानबिन समितिले पटकपटक दुबई, सिंगापुर, हङकङ, थाइल्यान्डलगायत सुन सहजै ल्याउन सक्ने देशमा आवागमन गरिरहेका यात्रुमाथि निगरानी बढाउनुपर्ने र उक्त सूचना प्रहरी, भन्सार र अध्यागमनलाई दिने व्यवस्था मिलाउनुपर्ने सुझावसमेत दिएको छ । छानबिनका क्रममा गत पुस यता (एक वर्षभित्र) मात्रै १ सय ३८ किलो सुन उक्त गिरोहले नेपाल भित्र्याएको पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ । १४ किलो सुन प्रकरणमा ९ जना पक्राउ परिसकेका छन् भने केही तारिखमा छन् । एक वर्षमा मात्र कृष्णकुमारले १४ किलोका दरले ७ पटक, मीनले १४ किलो र चन्द्रले ४, ८ र १४ किलोसहित १ सय ३८ किलो सुन विमानस्थल हुँदै बाहिर निकालेको स्वीकार गरेको भन्सार विभागले जनाएको छ ।