अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

कांग्रेसले यही अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालको काँध थापिरहँदैन – गगन थापा

Share to:

मिनबहादुर कुँवर/पाल्पा, मार्ग ३०,

मुलुकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले विधानअनुसार काम गर्न नसकेको बताएका छन्। पाल्पाको प्रथम जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले विधानअनुसार काम नहुँदा पार्टीमा अराजकता फैलिएको बताए। ‘साथीहरूसँग मिलेर विधान समितिमा ठूलो जोखिम उठाउनेगरी विधान संसोधनको प्रस्ताव लैजाँदै छु। त्यसका लागि पार्टी कार्यकर्ताको साथ आवश्यक छ,’ उनले भने। पार्टीलाई गुटबन्दीबाट अन्त्य गर्न वडा कमिटीदेखि केन्द्रीय सभापतिसम्म कांग्रेसका क्रियासिल सदस्यले प्रत्यक्ष मत जाहेर गर्न पाउनेगरी विधान संसोधनको तयारीमा जुटेको महामन्त्री थापाले बताए। क्रियासिल सदस्यबाट नेतृत्व चुन्ने व्यवस्था लागू भएको दिन कांग्रेसमा गुटबन्दीको अन्त्य हुने उनको भनाइ छ। देउवाले अधिवेशन भएको ६ महिनाभित्रै सबै विभागहरू गठन गरेर पार्टीलाई चुस्तदुस्त बनाउनुपर्नेमा विधानअनुसार काम नगर्दा पाटीको क्रियासिलता कमजोर भएको महामन्त्री थापाको दाबी छ। पार्टीलाई व्यक्ति केन्द्रितभन्दा पनि संस्था, विधि विधान केन्द्रित बनाउन ठूलो जोखिम लिएर आउने उनको भनाइ छ। त्यस्तै महामन्त्री थापाले वर्तमान सरकारबाट जनताको पक्षमा कुनै राम्रो काम नभएको बताए। त्यसको दोष कांग्रेसको भागमा पनि परेको महामन्त्री थापाले बताए। सरकार भष्टाचार तथा अनियमितामा फस्दै गएको, तस्करी र ठगीका घटनामा मुछिँदै गएकाले यही अवस्थामा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँध थाप्न नसक्ने उनको भनाइ छ।

Like