काजकस्तानको स्वतन्त्रता सन् १९९१ मा आजकै दिन
एजेन्सी,
मुलुकमा मध्य एसियामा अवस्थित काजकस्तानले सन् १९९१ मा आजकै दिन स्वतन्त्रता पाएको थियो । सोही वर्ष सोभियत संघको पतनपछि यो देश स्वतन्त्र भएको थियो । सन् १९९१ को डिसेम्बर १६ मा काजकस्तानले सोभियत संघमै रहने वा स्वतन्त्र राज्य बन्ने भनेर जनमत संग्रह गराएको थियो । राष्ट्रपति नुरसुल्तान नजरबायेवको नेतृत्वमा यो देशले स्वतन्त्रता र संविधान निर्माण लगायतको प्रक्रिया अघि बढाएको थियो । सन् १९९२ मार्चमा काजकस्तान संयुक्त राष्ट्रसंघको सदस्य र त्यही वर्षको जुलाईमा अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्य बन्यो । काजकस्तानले सन् १९९५ मा आफ्नो संविधान निर्माण गरेको थियो । त्यस क्रममा ९५ प्रतिशतले स्वतन्त्र राज्यको पक्षमा मतदान गरेका थिए । काजकस्तान सोभियत संघबाट स्वतन्त्र हुने अन्तिम देश बनेको थियो । यो देश भौगोलिक हिसाबले विश्वकै नवौं ठूलो देश हो । करिब २ करोड जनसंख्या बसोबास रहेको काजकस्तानमा अधिकांश मुस्लिम समुदायका छन् । आफ्ना तेल भण्डार तथा कृषि उत्पादन र पशुपालनका लागि यो देश प्रसिद्ध छ ।