महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान शुरु
अन्जनराज न्यौपाने/तनहुँ, मार्ग ११,
लैङ्िगक हिंसा अन्तयको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर ९ गते देखि २४ गते सम्म ब्यास जन्मभूमि दमौलीमा हुने भएको छ।
कार्यक्रममा बोल्दै ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले लैङ्िगक हिंसा विरुद्धको बृहत कार्यक्रम अनशन चौतारी बाट र्याली निकालेर नगरलाई लैङ्िगक हिंसा रहित नगर बनाउन मुल समारोह समिति नै बनाएर अगाडि बड्नुपर्नै बताए । बिधार्थी ,जनप्रतिनिधि ,र स्थानीय बौद्धिक सर्कलहरुको सक्रियतामा सचेतनामुलक वक्तित्वकला,निवन्ध तथा नाटक प्रतियोगिताहरु अायोजना गरि पुरस्कृत गरिने बताए ।
यसैगरी, ब्यास नगरपालिकाकि उपप्रमुख ईन्दिरा दरैले जिल्ला भरका महिला र पुरुषहरुलाई सचेतना जगाउन उक्त कार्यक्रम अत्यन्तै प्रभावकारी एब्म् रोचक हुने बताए । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हिंसा सहनु ,हिंसा गर्नु र हिंसा गरेको हेरिरहनु नै सामाजिक अपराध भएको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख अवदेश विष्टले लैङ्िगक हिंसा अन्त्य गर्न विधार्थीहरुलाई नै सचेतना सम्वन्धी चित्रकला,वक्तित्वकला प्रतियोगिता राखेर कार्यक्रम प्रभावकारी ढंगले संचालन गर्नुपर्नै बताए ।
कार्यक्रमको सहजिकरण महिला तथा बालबालिकाकि प्रमुख राधा अाचार्यले सहजिकरण गरेकि थिईन।