स्वतन्त्र पत्रकार संघ नेपालको ११ औं साधारणसभा सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, मार्ग ११,

स्वतन्त्र पत्रकार संघ नेपालको ११ औं साधारणसभा संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको सभापतित्वमा काठमाण्डौमा सम्पन्न भयो । सभामा वरिष्ठ उपाध्यक्ष डा. के. बि. सम्राट, महासचिव महेश विक्रम कुँवर लगायत पदाधिकारीहरु तथा जिल्लाका जिल्ला अध्यक्ष एवं सदस्यहरुको उपस्थिति थियो । साधारणसभामा महासचिव महेश जंग कुँवरको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बद्रि बहादुल दुलालको आर्थिक वर्षः २०७९/०८० को आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भयो भने विधान संशोधन समितिका संयोजक संघका वरिष्ठ उपाध्यक्ष डा. के. बि. सम्राटले पेश गर्नु भएको संशोधित बिधान सर्वसम्मत पारित भएको छ । यस्तै क्रियाशील जिल्ला अध्यक्षहरुलाई आगामी महाधिवेशनमा विशेष सम्मान गरिने र क्रियाशील सदस्यहरुलाई सम्बन्धित जिल्लाले जिल्ला अधिवेशनमा सम्मान गरिने सभाले पारित गरेको छ । यस्तै संघले प्रकाशन गर्ने स्वतन्त्र संदेश समारिका उपत्यका शाखाले प्रकाशन गर्न आगामी २०८१ बैशाख सम्मको समयावधिमा प्रकाशन गरि आगामी महाधिवेशनमा विमोचन गरिने पारित गरिएको छ । यसरि नै संघको साधारण सभाले भावी योजना तथा सूचीकरण सम्बंधी सबै जिल्लामा भ्रमण तथा अवलोकन एवं निरीक्षण गर्ने र सो जिल्लामा सूचीकरण गर्ने भनि पारित गरिएको छ । यस्तै प्रत्येक जिल्ला शाखाली आगामी चैत्र मसान्तसम्ममा जिल्ला अधिवेशन सम्पन्न गरि सो प्रतिवेदन केन्द्रमा पठाउने भनि पनि सभाले सर्व सम्मत प्रारित गरेको छ । संघले अनुशासन बिभाग गठन गरि सो विभागले प्रत्येक जिल्लामा सचेत तथा कारवाहीको निर्देशन गरि सो कार्यान्वयन गर्न गराउन सक्षम हुने सर्वासमात पारित गरेको छ । यस्तै सभाले विगतमा स्वतन्त्र पत्रकार संघ नेपालका जिल्ला पदाधिकारी लगायत सदस्यहरुको परिचय पत्र नियमितता दिने गरि नवीकरण गर्ने र नया सदस्यहरुको हकमा केन्द्रले छानबिन गरि केन्द्रबाट पारित भएपछी मात्र संघको परिचय पत्र प्रदान गर्ने भनि पारित गरिएको छ । सभामा विभिन्न अतिथि, विशेष अतिथि तथा सभापतिले ११ औं साधारण सभा सफलातासथा सम्पन्नताको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Like