पत्रकार सौम्याको हत्यामा संलग्न चार जनालाई आजीवन कारावास

Share to:

एजेन्सी,

मुलुकमा दिल्लीको साकेत अदालतले शनिबार पत्रकार सौम्या विश्वनाथनको हत्यामा संलग्न पाँच जनालाई सजाय सुनाएको हो । अक्टोबर १८ मा यी पाँच जना दोषी ठहर भए पनि सजायको घोषणा गरिएको थिएन । पत्रकार सौम्या विश्वनाथनको सन् २००८ मा दिल्लीको वसन्त कुञ्जस्थित नेल्सन मण्डेला मार्गमा गोली हानी हत्या गरिएको थियो । उनको टाउकोमा गोली लागेको थियो । उनको शव दक्षिण दिल्लीको वसन्त कुञ्ज क्षेत्रमा कारमा भेटिएको थियो । चार दोषीलाई आजीवन कारावास र अर्का दोषीलाई तीन वर्ष कैदको सजाय सुनाइएको छ । रवि कपुर, अमित शुक्ला, बलजीत मलिक, अजय कुमारलाई जन्मकैदको सजाय सुनाइएको छ । तर अजय सेठीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । पाँचै दोषी सन् २००९ देखि जेलमा छन् ।

Like