टिकटकको नेपालमा प्रतिवन्ध लगाएपछि असन्तुष्टी

Share to:

एजेन्सी,

मुलुकमा सामाजिक सद्भाव खलबलिएको भन्दै सरकारले नेपालमा टिकटक प्रतिवन्ध लगाएकोमा यसको सञ्चालक कम्पनी टिकटकले असन्तुष्टी जनाउँदै नेपाललाई सात बुँदे पत्र लेखेको छ। मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै दूर सञ्चार प्राधिकरणले सेवा प्रदायकलाई पत्र लेखेर टिकटक बन्द गर्न निर्देशन दिएको थियो।नेपालमा औपचारिक रुपमा टिकटक बन्द भए पछि टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई पत्र लेख्दै टिकटक बन्दको कारण माग गरेका हुन्। सरकारले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेसँगै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर आश्चार्य परेको जनाएको छ। टिकटकले गत कात्तिक १७ गते नेपालका सरकारी अधिकारीसँग छलफल गरेको समेत स्मरण गराएको छ।मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको समेत टिकटकले दाबी गरेको छ।सरकारको यो निर्णयबाट टिकटकको प्लेटफर्ममार्फत रचना र खुसी साट्नेहरु प्रभावित भएको जनाएको छ।टिकटकले सूचना, शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न सहयोग पु¥याएको भन्दै प्रयोगकर्ताको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको जनाएको छ। टिकटकमार्फत व्यवसाय सञ्चालन गरेकाहरु प्रभावित भएको कम्पनीको दाबी छ।टिकटक विश्वव्यापी प्लेटफर्म भएकाले सामाजिक सदभावको मापदण्डभन्दा बाहिर पर्ने कन्टेन्ट र मानिसका व्यवहारहरू सम्बोधन गर्ने गरेको जनाएको छ।टिकटकले नेपालमा टिकटक सञ्चालनका लागि सकरात्मक प्रयासहरू गरेको जनाएका छ।

Like