वरिष्ठ समाजसेवी स.प्रा. डा. के. बि. सम्राटले दिए ११७ औँ रक्तदान
रासंसा/काठमाण्डौ,
सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपाल, पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, ओम कैलाश शिव ढुंगा शिवशक्ति महापीठका महासचिच, विश्व शान्ति ध्यान केन्द्रका सचिव, नेपाल पत्रकार महासंघ नेपालका सदस्य, चरित्र निर्माण संघका सदस्य, सार्वजनिक यातायात केन्द्रीय महासंघका प्रमुख सल्लाहकार, गुप्तेश्वोर महादेव गुफा व्यवस्थापन समितिका सल्लाहकार, राष्ट्रिय नागरिक विकास समाजका सल्लाहकार लगायत थुप्रै संघसंस्थाका सलाहकार वरिष्ठ समाजसेवी सह प्राध्यापक डाक्टर के. बि. सम्राटले ११७ औं पटक रक्तदान गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रमा रक्तदान गर्दै रक्तदाताहरुलाई रगत सम्बन्धि उत्साह जगाउने कुराहरु बताउइनुभयो । रक्तदातालागायत अरु प्रशासनिक कुराहरु अन्तरसम्बाद जोड्दै डा. सम्राटले रक्त संचार केन्द्रकी प्राबिधिक गमला क्षेत्रीसँग कुराकानी गर्नुभएको थियो ।



