सन २०२५ सम्ममा अधिराज्यभर बिजुली

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, कार्तिक २०,

नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल भरका सबै जिल्लाहरुमा सन २०२५ सम्ममा विजुली बत्ती बालेर झलमल्ल गराईने योजना तथा उदेश्य भएको बताएका छन्। जिल्ला स्थित तनहुँ जलविद्युत् अायोजना १ सय ४० मेगावाटको मुल टर्नेलबाट सेती नदी फर्काउने कार्य गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै कार्यकारी निर्देशक धिसिङले देशका सातै प्रदेशका सबै स्थानीय वडा ,नगर र पालिकाहरुमा झलमल्ल बनाएर बाँकी रहेको विधुत छिमेकी राष्ट्रहरुमा निर्यात गराईने लक्ष्य राखिएको बताए। सामाुन्द्रिक सतह देखि कुल १ सय ४० मिटर उच्चाईमा रहेको उक्त जलविद्युत अायोजनाको बाँध निर्माणाधीन अवस्थामा रहेको छ। कुल २५ किलोमिटर लामो दुरीमा बस्ने सेती नदीको तालको विधुतिकरणबाट ऋषिङ गाउँ पालिका,ब्यास नगरपालिका ,म्याग्दे गाँउपालिका,शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकाका स्थानीयहरु प्रत्यक्ष लाभान्वित हुनेछन्।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले ,ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने ,ऋषङ गाउपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ ,प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल ,जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अबदेश विष्ट,शस्त्र प्रहरी बल मनकामना गणका प्रमुख कमल गैरे,तनहुँ जलविद्युत अायोजना का प्रमुख किरण श्रेष्ठ र एडिबिका प्रतिनिधि प्रेन्थाप्रिया थुङ्गाले तनहुँ जलविद्युतको ४७ प्रतिशत काम पूरा भएको बताए ।

Like