संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउने प्रयास

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १६,

मुलुकमा संक्रमणकालीन न्यायका विषयमा सहमति जुटाउने ’boutमा शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन् । यसअघि पनि प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग भेटेर शान्ति प्रक्रियामा सहमति जुटाउने प्रयास गर्दै आइरहेका छन् । तर, ओलीले आफ्नो कारणले नभई प्रधानमन्त्री प्रचण्डकै कारणले अझै शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन नसकेको आरोप लगाउँदै आएका छन् । संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा बुधबार देउवा र ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । नेपाल भ्रमणमा रहेका बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुंग्याउन दलका शीर्ष नेताहरूलाई भेटेर आग्रह गरेका थिए । मंगलबार संयुक्त सदनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन दलहरूलाई सुझाव दिएका थिए । कानुन समितिले ११ सदस्यीय उपसमिति गठन गरेर यस विधेयकलाई निष्कर्षमा पु¥याउन भनेको थियो । तर, उपसमितिले अपूरो प्रतिवेदन समितिलाई बुझाएको छ । उपसमितिले पनि सहमति जुटाउन नसकेपछि सहमति खोज्नका लागि प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीसँग छलफल गर्दैआएका छन् । शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयलाई राजनीतिक दलहरूले सत्ता स्वार्थका लागि आफूअनुकूल अडान राख्दै आएकाले अहिले समितिमा रोकिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमा सहमति जुटाउन कानुन, न्याय तथा मानवअधिकार समिति यसअघि नै असफल भइसकेको छ । यसैबीच, प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरूबीच समझदारी बनेको दाबी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बडादसैं, दीपावली तथा छठ पर्वलगायतका अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘हामीले पीडित केन्द्रित भएर कानुन बनाइने भनेर पटकपटक भन्दै आएका छौं, विधेयकमा पनि त्यही छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले जहिल्यै पनि दलहरूलाई एकै स्थानमा ल्याउन पहल गरेको छु, आज बिहानको मिटिङ पनि त्यही पहल हो, त्यो सकारात्मक भएको छ ।’ प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँगको भेटमा संक्रमणकालीन न्याय चाँडै टुंग्याउने सहमति भएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘आज (बुधबार) बिहान कांग्रेस सभापति, एमाले अध्यक्ष र म बसेका थियौं, एउटा अन्डरस्ट्यान्डिङ बनेको छ, यो विषय छिट्टै टुंगिन्छ ।’ उनले पीडितलाई केन्द्रमा राखेर नै कानुन निर्माण हुने बताए । सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरू छानबिनसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेको छ । कतिपय पीडितले पीडितकेन्द्रित नभएको भन्दै आलोचना गर्दै आएका छन् । ‘अघि प्रधानमन्त्रीज्यू र म यहाँ सँगै थियौं, तपाईंहरूले देखिहाल्नुभयो, हाम्रो चेहरा, हाउभाउ, हात मिलाएको, मुस्कुराएको, खुसी भएको देख्नुभयो, एउटै चाडमा खुसियालीपूर्ण ढंगले समावेश भएको देख्नुभयो, राम्रै लक्षण छ नि होइन त ?’ ओलीले भने । कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया’bout नेताहरूबाटै आएको देश विभाजित हुने अभिव्यक्ति भनेर भनेको कुरा आफूले नसुनेको बताएका छन् । ‘प्रधानमन्त्रीले कहिले भनेको कुरा गर्नुभएको हो ? त्यो मैले सुनेको छैन,’ एमाले अध्यक्ष ओलीले भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्रीसँग आफूले बुधबार मात्रै भेट गरेको समेत बताए । अध्यक्ष ओलीले यस दिन राजनीतिक कुरा गर्न ठीक नहुने बताउँदै भने, ‘राजनीतिक कुरा आज गर्नु ठीक छैन, पत्रकारको जात कस्तो हुन्छ भने यति पायो भने उचालिहाल्छन् ।’ उनले शान्ति प्रक्रिया चाँडै सहमतिका साथ टुंग्याउनुपर्ने बताए । चियापान कार्यक्रममा पुगेका रास्वपाका सभापति रवि लामिछानेले मुलुकको अवस्थाप्रति जनतामा छाएको निराशालाई सम्बोधन गर्न सबै दल एकजुट हुनुपर्ने बताए । राजनीतिक परिवर्तनपछि जनतामा परिवर्तन नआएको र जनतामा निराशा छाएकोे भन्दै यसलाई सम्बोधन गर्न सबै दल एक हुनुपर्ने उनको भनाइ थियो । ‘भिक्टिमलाई सेन्टरमा राखेर टुंग्याउनुपर्ने सर्वोच्चको आदेश मानेर अन्तर्राष्ट्रिय समुदायका कुरालाई ध्यान दिनुपर्छ,’ ओलीले भने, ‘खासगरी पीडितलाई न्याय दिएर टुंग्याउनुपर्छ ।’ सभापति लामिछानेले चियापानमा मात्रै नभई साझा फोरम बनाएर दलहरू छलफलमा जुट्नुपर्ने बताए । उनले रास्वपा पछि दर्ता भएर नयाँ पार्टी भएको नभई विचार र एजेन्डाका आधारमा नयाँ भएको जिकिर गरे । ‘यस्तो चियापानले राजनीतिमा भएको तितोपनलाई हटाउँछ भन्ने कुरा झुट बोलेको हुन्छ, त्यसका लागि छुट्टै बैठक र एजेन्डा हुनुपर्छ,’ सभापति लामिछानेले भने, ‘राजनीतिक तिक्तताको मुद्दा छुट्याउनुपर्छ अनि बैठक बस्नुपर्छ, यसका लागि रास्वपा सधैं नै तयार छ ।’ साथै, चियापानले राजनीतिमा भएको तितोपनलाई हटाउछ भन्नु झुट भएको उनको दाबी थियो । राजनीतिक तितोपनलाई हटाउन चियापान काफी नभएको भन्दै त्यसका लागि छुट्टै बैठक र एजेन्डा हुनुपर्ने उनले बताए । चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताका साथै मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, कर्मचारीहरूलगायत विभिन्न पार्टीका नेता कार्यकर्ताको सहभागिता थियो ।

Like