लियो क्लब अफ तनहुँको १५औ स्थापना उत्सव तथा सस्थापक सम्मान कार्यक्रम सुसम्पन्न
अन्जनराज न्यौपाने/तनहुँ, कार्तिक १३,
मुलुकमा व्यास-२ स्थित रोयल प्यालेसमा लियो क्लब अफ तनहुँकि अध्यक्ष लियो बसन्ति थापाको अध्यक्षतामा र ब्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा यहि कार्तिक १२ गते लियो क्लब अफ तनहुँको १५औ स्थापना उत्सव तथा सस्थापक सम्मान कार्यक्रम सुसम्पन्न भएको छ।

उक्त कार्यक्रममा ब्यास न.पा. वार्ड न. २ का अध्यक्ष लायन काशिराम श्रेष्ठ, लियो क्लब अफ तनहुँका सस्थापक अध्यक्ष श्री सुजन खनाल ज्यु, लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल नेपालका क्याबिनेट पदाधिकारीज्यु हरु, दमौलि क्षेत्र भित्र रहेका विभिन्न लायन्स क्लबका अध्यक्ष लगायत पदाधिकारी हरु, लियो जिल्ला परिषद ३२५ एल नेपालका निवर्तमान अध्यक्ष लियो योगेश गौतम, वर्तमान सचिब लियो सुनिल मिश्र, कोषाध्यक्ष लियो सुलभ थकालि, PRO लियो कुसल लम्साल लगायत लियो क्लब र लियो निर्मल अल्फा का पदाधिकारीज्यु हरुको बाक्लो उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा लियो क्लब अफ तनहुँले सस्थापक सदस्यहरु २० जना भन्दा बढिलाइ सम्मान गरेको थियो भने लियो क्लब अफ तनहुँका सदस्यहरुलाइ अन्तर्राष्ट्रिय सदस्यता प्रमाणपत्र प्रदान गरेको थियो ।

उक्त कार्यक्रममा क्लबका सस्थापक अध्यक्षज्युले क्लबको कोषको लागि ब्यक्तिगत २०००० रुपैया सहयोग गर्ने प्रतिबद्धता गर्नु भयको थियो। उक्त कार्यक्रम को सम्योजकत्व क्लबका द्दित्तिय उपाध्यक्ष लियो रोबिन श्रेष्ठ ले गर्नु भयको थियो भने कार्यक्रमको सहजीकरण क्लबका सचिब लियो मुकेश बिडारी ले गर्नु भयको थियो।
,