मुस्ताङमा प्रधानमन्त्री दाहाल

Share to:

रासंसा/मुस्ताङ, कार्तिक १,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मुस्ताङ पुगेका छन्। उनी आज बिहान ७:४५ मा जोमसोम विमानस्थल पुगेका हुन्। प्रधानमन्त्रीले नेपाली सेनाको हेलीकोप्टरमार्फत उपल्लो मुस्ताङको हवाई अवलोकन गर्ने कार्यक्रम रहेको छ। साथै उनले जोमसोममा जलवायु सम्बन्धी अन्तरक्रिया र संयुक्त जिल्ला भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनलाई विमानस्थलमा प्रदेश इन्चार्ज देवेन्द्र पौडेल, जिल्ला इन्चार्ज कपिल लामा, प्रजिअ जनकराज पन्त, सुरक्षाकर्मी लगायतबाट स्वागत गरिएको थियो। प्रधानमन्त्री दाहाल हिजो दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि थापाथलीस्थित नर्भिक अस्पताल गएका थिए। हस्पिटलले हिजो साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको थियो।

Like