वीर अस्पतालका अस्थायी कर्मचारी हटाइयो

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ३०,

मुलुकमा स्वास्थ्य विज्ञान प्रतिष्ठान वीर अस्पतालमा कोभिड १९ मा भर्ना गरेका कर्मचारी हटेपछि वीर अस्पतालका केही सेवा प्रभावित हुने देखिएको अस्पतालले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ कालमा काममा खटाएका ४५ जना चिकित्सक र एक सय ४७ जना नर्सिङ कर्मचारी हटाएको हो। कोभिड १९ को उपचार व्यवस्थापनको लागि मात्र भर्ना गरिका कर्मचारीलाई नियमअनुसार थप अवधि नपथेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विशेषगरी नर्सिङ कर्मचारीको कमीको कारण आइसियुसहित हेमाटोेलोजी, अर्थोप्लास्टी, ग्यास्ट्रोलोजी, मेडिकल र एनेस्थेसिया आइसियु वार्डका केही शड्ढया घट्ने देखिएको अस्पतालका उपसचिव बाबुराम घिमिरेले बताए। उनका अनुसार गत असारमा सरकारले थप गरेको दुई सय ९० जना नर्सिङ कर्मचारी र अस्थायी नर्ससहित अस्पताल पूर्ण क्षमतामा सञ्चालन भएकोमा उनीहरू घटेपछि यी सेवाहरू प्रभावित हुन पुगेका हुन्। आगामी चैतसम्ममा अस्पतालको नर्सिङ दरबन्दीअनुसार लोकसेवा आयोगमार्फत नर्सहरू भर्ना भएपछि पुनः सेवा थप प्रभावकारी हुने उनले बताए। अस्पतालका वरिष्ठ फिजिसियन डा. धुव्र गैरेका अनुसार कोभिड १९ का बेला अस्थायी कर्मचारी वृद्धिसँगै ७० प्रतिशत आइसियु विस्तार गरिएको थियो। अस्थायी कर्मचारी हटेसँगै कुल एक सय शड्ढयामा सञ्चालित आइसियु स्वतः घट्ने देखिएको छ। गैरेका अनुसार २५ प्रतिशत आइसियु बेड घट्ने सेवा घट्ने क्रममा छन्। ‘अहिले थप कार्यभारका साथ सञ्चालित रहे पनि केही दिनमै मूल्याकंन गरी आइसियु बेड सेवा घट्ने देखिएको छ,’ उनले भने। वीरमा रहेका अस्थायी कर्मचारी हटाइएको दुई सातापछि नै राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको १०औं सिनेट बैठक बसी साना ठूला पद गरी एक सय ६८ जना कर्मचारीको दरबन्दी सिर्जना गरेको छ। बैठकले एक्सरे विभागमा नौजना, ३० जना नर्स, चारजना इलेक्ट्रिसियन, पाँचजना एनेस्थेसिष्ट, पाँचजना अडियोलोजिष्ट, पाँच÷पाँचजना एनेस्थेसिया र प्रयोगशालामा, ६ जना फार्मेसी सहायक र १० जना चालकसहित सहायक कर्मचारीको लागि दरबन्दी तयार गरेको हो। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहितको बैठकले यस्तो निर्णय गरेको हो। अस्पतालका उपसचिव बाबुराम घिमिरेका अनुसार प्रतिष्ठानले सिर्जना गरेको दरबन्दी तत्कालै पूर्ति गर्नेगरी गरिएको हो। अस्पतालमा तत्कालै अति आवश्यक काममा वाधा परेकोले उक्त अस्थायी दरबन्दी सिर्जना गरेको घिमिरेले बताए।

Like