प्यालेस्टिनी राष्ट्रपति अब्बास र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच भेटवार्ता

Share to:

एजेन्सी,

मुलुकमा इजरायल र हमासबीच द्वन्द्व चर्किरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन मध्य पूर्वको भ्रमणमा रहेका छन् । बिहीबार इजरायल ओर्लिएका ब्लिंकेनले शुक्रबार प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासलाई भेटेका छन् । उनले जोर्डनमा प्यालेस्टिनी राष्ट्रपति अब्बासलाई भेटेका हुन् । यसैबीच हमासले आफ्नो कब्जामा रहेका १३ जना सर्वसाधारण इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको छ । मारिनेमा केही विदेशी नागरिकसमेत रहेको जनाए पनि विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन । हमासले टेलिग्राममा इजरायली आक्रमणमा ‘१३ जना इजरायली बन्दी’ मारिएको बताएको हो । हमासले १५० भन्दा बढीलाई बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ब्लिंकेनले शुक्रबार नै जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग पनि भेट्ने कार्यक्रम रहेको छ । बिहीबार अमेरिकी विदेशमन्त्री ब्लिंकेनले इजरायली समकक्षी एली कोहेन र प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई समेत भेटेका थिए । हमासको आक्रमणमा १३ सयभन्दा बढीको मृत्यु भएको छ भने इजरायली आक्रमणमा १४ सयभन्दा प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । हमासको आक्रमणमा परी १० नेपाली नागरिकको समेत मृत्यु भएको छ । हमासले शनिबार बिहान इजरायली भूमिमा आक्रमण गरेपछि इजरायलसँग द्वन्द्व चर्किएको हो ।

Like