जनकपुर बिग मार्टमा आगलागी, ८ घण्टादेखि नियन्त्रणमा लिने प्रयास असफल

Share to:

रासंसा/धनुषा, आश्विन २१,

मुलुकमा जनकपुर बिग मार्टमा गए राति आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको मार्टमा मध्यराति सबा १ बजे अकस्मात् लागेको आगो अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाँले जानकारी दिएको छ। आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ, भने घरमा पनि क्षति पुगेको छ । मानवीय क्षति भएको छैन । यद्यपि आगलागी नियन्त्रणमा नआएकोले क्षतिको विवरण यकिन हुन नसकेको डिएसपी अवाँले बताए । उनका अनुसार आगलागी नियन्त्रणमा लिन जनकपुरधाम उपमहानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, सबैला, नगरपालिका, सशस्त्र प्रहरी गण मधेस प्रदेश, नेपाल प्रहरी गण ढल्केवरको बारुण यन्त्र र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिन प्रयास गरिँदै छ । आगलागी भएको मार्ट रामबाबु रायले सञ्चालन गरेका थिए । मार्टको दोस्रो तल्लामा बसिरहेका राय दम्पतीले आगलागी भएको थाहा पाएपछि भागेर ज्यान बचाएका थिए ।

Like