जनउद्धार सेवा समितिले मनायो ३३ औ बार्षिकोत्सव
महेशजंग कुंवर/काठमाण्डौं, आश्विन २०,
ओखलढुंगाका राजन कार्की आज निकै खुशी छन् । उनि अहिले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियाको सिड्नीमा छन् । सानै उमेरमा आमाबुवा गुमाएका राजनका लागि जन उद्धार सेवा समिति अभिभावक मात्रै बनेन, उनको जिवनको सारथी पनि बनिदियो । त्यसैले त राजन आज नेपालमा जनउद्धार सेवा समितिले आफ्नो ३३ औ स्थापना दिवस मनाईरहँदा उनि निकै हर्षित र खुशी देखिन्थे । त्यसैले त उनले संस्थामा रहेका आफु जस्तै भाईबहिनीका लागि नेपाली ४० हजार रुपैंया सहयोग समेत गरे । आफु जस्तै अरुले पनि सहज र सरल रुपमा अध्ययन अध्यापन र जिवनयापन गर्न पावस् भन्ने उनको उद्धेश्य रहेको छ ।

२०४७ सालमा स्थापना भएको जन उद्धार सेवा समितिले राजन जस्तै दर्जनौ अनाथ र असहाय बालवालिाकहरुलाई नि:शुल्क अध्ययन अध्यापन, खानपान र बसोबासको प्रबन्ध समेत गरीरहेको छ । हाल संस्थामा १८ जना आवासीय छात्र–छात्रा बसीरहेका छन् । उनिहरु संस्थानको बार्षिकोत्सव मनाईरहँदा आफ्ना रमाईला प्रस्तुती दिनुका साथै आफ्नो उज्ज्वल भबिष्यका लागि संस्थाका पदाधिकारीहरु प्रति आभार प्रकट गरीरहेका थिए ।
नेपालको हुम्ला,जुम्ला, कालिकोट, मुगु, डोल्पा लगायतका बिभिन्न जिल्लाहरुवाट जन उद्धार सेवा समितिको टेकु पचलीस्थित बालआश्रममा साहारा लिईरहेका छन् । कैयौ विद्यार्थीहरु अभिभावकको जिम्मामा गएर आफ्नो करीअर बिभिन्न क्षेत्रमा बनाईरहेका छन् ।
यस संस्थाका संरक्षक राजकुमार कुवरको निरन्तरको मिहेनत प्रयास र पहलवाट समितिले यि बालवालिकाको पालनपोषण र रहनसहनको प्रबन्ध गर्दै आईरहेको छ । मन, बचन र कर्मले सेवा गरौ भन्ने नारा सहित अघि बढीरहेको समितिलाई बिभिन्न मनकारी दाताहरुको साथ र सहयोग भने रहँदै आएको छ ।


बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुवँरले अति बिपन्न र असहाय बालवालिकाका लागि जन उद्धार सेवा समितिले गरीरहेको कार्य प्रशंसनीय भएकाले समाज सेवामा समितिका पदाधिकारीहरुलाई निरन्तर लागिरहन आग्रह गर्नु भयो । उहाँले बालवालिकाको चौतर्फी बिकास र ब्यक्तित्व बिकासका लागि सरकारसँग हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समितिमा आश्रित बालवालिकाहरु, समितिका पदाधिकारीहरु, बिभिन्न क्षेत्रका बिज्ञ तथा लब्धप्रतिष्ठिीत ब्यक्तित्वहरुको उपस्थिती रहेका थिए।