गैह्रीगाउँ हत्या प्रकरणमा एसएसपी राठौरकाे नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन

Share to:

रासंसा/काठमाण्डौ, भाद्र ३०,

मुलुकमा काठमाडौं तीनकुनेसिथ्त गैह्री गाउँमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। उनका अनुसार समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरी का प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए। गएराति तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो। हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन्। यस प्रकरणमा सोधपुछका लागि २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरिएको छ। उनी आफै प्रहरीलाई खबर गर्न गएका थिए। उनको जुत्ता र कपडामा रगत देखिएकोले सोधपुछको लागि प्रकाउ गरिएको प्रहरीले बताएको छ।

Like