नेम्वाङको अप्रत्यासित निधनले मर्माहत र स्तब्ध भएँ : राष्ट्रपति पौडेल

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २६,

मुलुकमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको बताएका छन्। मंगलबार बिहान ट्वीटमार्फत पौडेलले नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन्। ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ।’ राष्ट्रपति कार्यालयको ट्वीटमा लेखिएको छ,‘दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार,गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।’ एमाले उपाध्यक्ष एवम् संसदीय दलको उपनेता समेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको हो। पौडेलले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवार, गणतन्त्र पक्षधरप्रति समवेदना प्रकट गरेका छन्। गत राष्ट्रपतिको निर्वाचनमा नेम्वाङ उम्मेदवार बनेका थिए।

Like