नेपाल स्वयंसेवी रक्तदाता समाजले बुझायो प्रधानमन्त्रिलाई ज्ञापन पत्र
रासंसा/काठमाण्डौ, भाद्र २५,
मुलुकमा स्वयंसेवी रक्तदाताहरू एवं रक्तदान कार्यक्रम आयाेजक संघ/संस्थाहरूकाे राष्ट्रिय छाता संगठन नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रमेसागर कर्माचार्यकाे नेतृत्वमा देशभित्र सञ्चालित रक्त व्यवस्थापनकाे क्षेत्रमा गरिनुपर्ने सुधारका पक्षहरू र हालसम्म सम्बाेधन हुन नसकिएका पाटाहरूलाई समेटिएको ज्ञापन-पत्र सम्माननिय प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष श्री पुष्पकमल दाहाल (प्रचण्ड)ज्यूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बुझाइएको छ । स्वयंसेवी रक्तदाताहरू र रक्तदान कार्यक्रम आयाेजक संघ/संस्थाहरूकाे तर्फबाट बुझाईएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले कार्यान्वयनकाे लागि आश्वस्त हुने बताउनुभएको छ । साथै उक्त ज्ञापन-पत्र बुझाउने समूहमा क्रमशः नेपाल स्वयंसेवी रक्तदाता समाजका महासचिव कृष्णचाैहान क्षेत्री, केन्द्रीय सदस्य प्रवेशकुमार शाक्य, सुशील घर्ती, ललितपुर जिल्ला शाखा अध्यक्ष नवीन महर्जन र स्टार्ट १८ स्टार्ट टीमका राष्ट्रिय संयाेजक परभस ज: आचाजु हुनुहुन्थ्यो ।