शंकास्पद वस्तु गोरखाको कट्टेलचोकमा फेला

Share to:

रासंसा/गोरखा, भाद्र १६,

मुलुकमा गोरखाको गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ। आज बिहान करिब साढे ५ बजेतिर स्थानीयले गोरखा–आबुँखैरेनी सडकमा कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। ‘अहिले सेनाको बम डिस्पोजल टोली, नेपाल प्रहरी र शसस्त्रको टोली घटनास्थलमै छ।’ भुसालले नागरिक न्यूजसँग भने,’ डिस्पोज गर्ने तयारी भइरहेको छ। बम जस्तो बस्तु देखिएपनि बम ने होरहोइन भन्ने एकिन छैन। उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए। अहिले सो खण्डको यातायात पूर्ण रुपमा रोकिएको उनले जानकारी दिए। बम कसले र किन राख्यो भन्ने थाहा नभएको उनले बताए।

Like