यहा यस्तै नातावाद, कृपावाद, पार्टीवाद आदिले नेपालको कानून दैवले जानुन भएको, सुन तस्करसँग २५६ पटक संवाद गरेका महरा बाबुछोरा अनुसन्धानबाहिरै
रासंसा/काठमाण्डौ, भाद्र १२,
मुलुकमा कल रेकर्डसहित विवरण समेटिएको अभियोगपत्र अदालतमा दायर भएको ४७ दिन बितिसक्दा पनि सोधपुछसमेत भएको छैन
भने विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा अझै अनुसन्धानको दायराबाहिर छन् । जबकि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको कल डिटेल रेकर्डसमेत उल्लेख छ । विवरण पेस भएको ४७ दिन बितिसक्दासमेत उनीहरूमाथि प्रहरीले सामान्य सोधपुछसमेत गरेको छैन । भेप छुटाउनकै लागि चिनियाँ तस्कर वाङसँग महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेको तथ्य पनि पुष्टि भइसकेको छ । विमानस्थल भन्सार प्रमुख अरुण पोखरेललाई पनि महराले सम्पर्क गरी ‘राहुल आउँछ, हेर्दिनुहोला’ भनेको स्रोत बताउँछ । राहुललाई सुन तस्कर वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । हाल फरार असिन भनिने अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ । महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेका छन् । यी सबैसहित महराका बाबुछोराले सुन तस्कर र यसको नेटवर्कमा रहेका गिरोहसँग समेत २ सय ५६ पटक संवाद गरेको प्राविधिक अनुसन्धानले पनि पुष्टि गरिसकेको छ । २०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो । जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको अनुसन्धानबाट खुलिसकेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सुन प्रकरण र महराका बाबुछोराको कनेक्सन खुलाइसकेको छ । सुन भएका भेप जफत गरेर भन्सारले गोदाममा राखेकामा पछि त्यहीँबाट चोरी भएको थियो । भन्सारका कर्मचारी, एजेन्टसहितको सेटिङमा सुन चोरी भएको पाइएपछि सीआईबीमार्फत यसको अनुसन्धान भएकामा चोरीमा संलग्न ९ जनामाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । महराले वाङसँग फलफूल व्यापारीका रूपमा आफूले चिनेको दाबी गरेका छन् । तर, उनी सुन तस्करका नाइके भएको अनुसन्धानबाट खुलेको छ । उनी अहिले फरार छन् । सीआईबीले भेपभित्रको सुन चोरीमा संलग्नविरुद्ध यसअघि मुद्दा दायर भएको र अनुसन्धान अहिले पनि जारी रहेको जनाएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले भेपमा लुकाएर ल्याइएको सुन र गोदामबाट हराएको भेपभित्रको सुनसम्बन्धी छुट्टाछुट्टै विषय भएको भन्दै तस्करीबाट भित्रिएको सुन प्रकरणमा अनुसन्धान भइरहेको बताए । ‘भेपमा भित्र्याइएको सुन प्रकरणमा अनुसन्धान जारी छ । तथ्य र प्रमाण संकलन तथा संलग्न अभियुक्तको खोजी कार्य भइरहेको छ,’ उनले भने, ‘संगठित रूपमा तस्करी गरेको विषय भएकाले यसको नेटवर्कसम्म पुग्नलाई समय लागेको हो, सुन ल्याउने मुख्य गिरोह पक्राउ परेका छैनन् । घटना हुँदाताका सम्पर्क र भेटघाटमा भएका पक्ष हाम्रो निगरानी र नोटिसमा छन् । उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौं ।’ तर, सुन ल्याउने गिरोहमाथि मुद्दा दायर त परैको कुरा, अनुसन्धानसमेत हुन सकेको छैन । भेपमा सुन ल्याउने चिनियाँ गिरोहका सदस्य वाङसँग आफ्नो पुरानै सम्बन्ध रहेको र भेप प्रकरणमा पनि चिनजानका हिसाबले सहजीकरण गर्न आफूले भन्सारका कर्मचारीलाई सम्पर्क गरेको महरा स्वयंले पनि स्वीकार गरिसकेका छन् । भन्सारले भेप नियन्त्रणमा लियो भनेर चिनियाँ व्यक्तिले भनेपछि आफूले कर्मचारीसँग कुरा गरेको उनले बताएका छन् । भेपमा लुकाएर ल्याएको सुन प्रकरणलाई लिएर केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालय, गृह मन्त्रालय र प्रहरीका उच्च अधिकारीबीच अनौपचारिक छलफल भएको थियो । त्यस क्रममा यो प्रकरणमा जोडिएका पूर्वसभामुख महरा, उनका छोरा राहुल र चिनियाँ तस्करलाई कारबाहीको दायरामा ल्याउने विषय पनि उठेको थियो । स्रोतका अनुसार केही दिनअघि तत्कालीन विमानस्थल भन्सार प्रमुख रहेका अर्थ मन्त्रालयका सहसचिव अरुण पोखरेलसँग सीआईबीले सोधपुछ गरेको छ । भेपमा लुकाएर ल्याएको सुन गोदामबाटै चोरिएपछि पोखरेलले नै सीआईबीलाई पत्र लेखी अनुसन्धान गर्न भनेका थिए । त्यसपछि पोखरेललाई नै जाहेरीकर्ता मानेर सीआईबीले चोरी र सुन तस्करीका छुट्टाछुट्टै कसुरमा अनुसन्धान गरेकामा चोरीमो मुद्दा यसअघि नै अदालतमा दायर भइसकेको छ । चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट काठमाडौं आएका थिए । त्यस क्रममा ७३ बट्टामा ७ सय ३० थान भेपमा उनले करिब ९ केजी सुन लुकाएर ल्याएका थिए । तर, जाँचपासका क्रममा सामान शंकास्पद देखिएपछि भन्सार गोदाममा राखेर अनुसन्धान अघि बढाएको थियो । करिब डेढ महिना सुन भएको भेप भन्सार गोदाममै थन्किएको थियो । त्यसपछि केही कर्मचारीलाई हातमा लिएर सुन ल्याउनेबाहेक अर्कै गिरोहले सुन भएका भेप चोरेर सुन व्यापारीलाई बेचेका थिए । भेपमा ल्याएको सुन करिब ८ करोड ५५ लाख रुपैयाँको देखिए पनि बेचबिखन गरी गिरोहले भागबन्डा लगाएर पैसा लिएका थिए । संगठित अपराधको अनुसन्धानकै क्रममा जाहेरीकर्तासँग साक्षीका रूपमा कागज गराइएको सीआईबी स्रोतको भनाइ छ । सीआईबीले सुन चोरी प्रकरणमा गिरोहसँगको नेटवर्कमा रहेका भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेसँग पनि कागज गराइसकेको छ । सहसचिव पोखरेलले सीआईबीसमक्ष चिनियाँले ल्याएको भेप नियन्त्रणमा लिइएपछि पूर्वसभामुख महराले फोन गरेर ‘छुटाउन सहजीकरण गर्न भनेको’ कागज गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले भेपको सुन चोरीसम्बन्धी सीआईबीको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको बताए । उनले संगठित रूपमा भएको चोरीको मुद्दा दायर गर्दा तस्करीबाट सुन भित्र्याउने समूहमाथि अनुसन्धानको बाटो खुलै राखिएकाले यो विषयमा सीआईबीमार्फत अनुसन्धान भइरहेको हुन सक्ने बताए । ‘भेपको सुन प्रकरणसँग दुईवटा छुट्टाछुट्टै अपराध आकर्षित हुन्छ । भेपको सुन चोरीका विषयमा मुद्दा अदालत पुगिसकेको छ । संगठित गिरोहले तस्करीबाट सुन ल्याएको विषयमा सीआईबीबाट अनुसन्धान भइरहेकै होला,’ नेउपानेले भने । भन्सार स्रोतका अनुसार नियन्त्रणमा लिइएका भेप लिलामीको प्रक्रिया अघि बढाउनु अगावै एक व्यक्ति भन्सार पुगेर ‘यो खास किसिमको भेप हो, हामी आफैं सकार्छौं’ भनेका थिए । त्यस क्रममा भन्सार प्रमुख पोखरेलले थप सोधपुछ र अनुसन्धान गर्दा मात्रै त्यसमा सुन लुकाएर ल्याइएको तथ्य खुलेपछि उनले थप अनुसन्धानका लागि केही शंकास्पद व्यक्तिसहितलाई सीआईबीको जिम्मा लगाएका थिए । तर, सीआईबीलाई अनुसन्धानको जिम्मा दिनु अगावै अर्कै समूहले कर्मचारीसँगको मिलेमतोमा सुन भएको भेप फुत्काएर अरू नै भेप गोदाममा राखेको पोल खुलेको थियो । त्यसको अनुसन्धान गर्दा मात्रै महरासँग सम्पर्कमा रहेको चिनियाँ गिरोह नै सुन तस्करीमा संलग्न रहेको खुलेको थियो । सुन भएको भेप भन्सारले नियन्त्रणमा लिएपछि दुबईबाट आएको तेस्रो दिन ली पुस १३ मा विदेश भागिसकेका थिए । अर्का एक चिनियाँ गत वैशाख १५ मा विदेश भागेको अनुसन्धानबाट खुलेको छ । तस्करीको सुन व्यवस्थापन जिम्मा पाएका गिरोहका अर्का सदस्य चिनियाँ नागरिक, सुन व्यवस्थापन गर्न काठमाडौंमा रहेका अरू तीन चिनियाँ र उनीहरूका सहयोगीसमेत अहिले फरार रहेको सीआईबी स्रोत बताउँछ ।