कार्यादेश बनाउन गठित उच्चस्तरीय छानबिन समितिको आज बैठक बस्दै

Share to:

रासंसा/काठमाण्डौ, भाद्र ५,

मुलुकमा विमानस्थलबाट भएको सुन तस्करीमाथि छानबिनका उच्चस्तरीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आज बस्ने भएको छ। एमालेले लामो समयदेखि माग गर्दै आएको उच्चस्तरीय छानबिन समिति गठनका लागि सोमबार बेलुका सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा कार्यादेश (टिओआर) तय गर्न तीन सदस्यीय समिति गठन भएको हो। एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार सहमत भएकाले अब संसदको अवरोध हट्ने गिरीले जानकारी दिए। छानबिन समितिले उनले सीआइबीको अनुसन्धान प्रभावित नहुने बताए। उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पार्न नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्यदल गठन गरिएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। उनका अनुसार उक्त कार्यदलको मंगलबार बिहान ११ बजेसम्म बस्ने बैठकले उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रको मस्यौदा तयार पार्ने र दिउँसो बस्ने शीर्ष नेताहरुको बैठकमा पेस गर्नेछ । यसैगरी कांग्रेसका प्रमुख सचेतक लेखकले मंगलबार बैठक बसेको टुंगो लगाउने बताए। प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ। प्रतिपक्षको माग सरकारले सम्बोधन नगर्दा सदन चल्न सकेको छैन।

Like