दूरदृष्टि नेतृत्व पुरस्कार रमा पाण्डे कोइरालालाई समर्पण गरिने

Share to:

रासंसा/काभ्रेपलान्चोक, श्रावण १,

मुलुकमा विभिन्न सामाजिक सेवामध्ये बाल बृद्द असहाय उत्थान सेवा पनि एक हो । शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा हरि मञ्जुश्री दूरदृष्टि नेतृत्व पुरस्कार’ रमा पाण्डे कोइराला (धनुषा) मा समर्पण गर्ने भएको छ । ‘बाल–बृद्ध–असहाय उत्थान केन्द्र’ नामक संस्था खोली आफ्नो परिवार, नातासम्बन्धी र जनस्तरका उदारमना स्वदेशी दाताहरूसँग मात्र सहयोग मागेर बाल–बृद्ध–असहायहरू (हाल ४५ जना) लाई खाने, बस्ने, पढाउने र औषधोपचार गर्नेसमेत व्यवस्था गर्नुका साथै जनस्तरकै सहयोगमा त्यस संस्थालाई दिगो बनाउन सक्रिय हुनुभएकोमा उहाँलाई सो पुरस्कारबाट पुरस्कृत गर्न लागिएको हो । पुरस्कारमा १५ हजार रुपियाँ, अभिवन्दन पत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिने भएको शब्दयात्रा प्रकाशनले जनाएको छ । हाम्री अभिभावक दिज्युलाई अभिनन्दन गर्न लाग्दा शब्दयात्रा प्रकाशन प्रती हार्दिक कृतज्ञताकासाथ आभार ।

Like