सामाजिक अभियन्ता तबरेज आलमको बम नहरमा आवश्यक समयमा पानि किन आएन भनी आक्रोस
रासंसा/पर्सा, आषाढ २९,
मुलुकमा बम नहर संचालनमा आएको दशकौ वर्ष भइसक्दा पनि व्यवस्थापनमा कमि आएको सामाजिक अभियन्ता तबरेज आलमको आक्रोस छ । नारायणी नदीबाट ल्याइएको बम नहर पानि आवस्यक समयमा चाहि पानि नाउने र पानि आवश्यक नभएको समयमा पानि आउने समस्याले पिरोलेको छ ।

हाल किसानलाई धान रोप्न आवश्यक पानि नभएर किसान पिरलोमा छन् भने जाडो समयमा बम नहरमा पानि आउने र त्यहा रहेको जीवजन्तुहरु कठांग्रिने गरेको अभियन्ता तबरेज आलम बताउनुहुन्छ । बम नहरका व्यवस्थापनका पदाधिकारीहरुले गर्मिको समयमा पानि नछोड्ने र जाडोको समयमा छोड्दा जाडोले धनधनमा क्षति हुने गर्दछ यो अव्यस्थित थितिले बम नहर उपभोक्ताहरु खुशी नभएको र सिचाई विभागको लापर्वाहिले हुन गएको हो भने अभियन्ता आलम बताउनुहुन्छ । यसको यथाशिघ्र नेपाल सरकारका सम्बन्धित निकायले अवलोकन गरि निरिक्ष्रण गर्दै छिटो भन्दा छिटो व्यवस्थान गर्न पनि उहाको भनाइ छ ।