२ सय १० औ भानुजयन्ती विविध कार्यक्रमका साथ मनाईदै

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, आषाढ २८,

नेपाली भाषा र साहित्यको क्षेत्रमा अविषमरणी योग्दान दिएका राष्ट्रिय विभुति अादिकवि भानुभक्त अाचार्यको २ सय१० अौ भानु जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ। साप्ताहिक कार्यक्रम अन्तरगत भानु जयन्तीको पावन अवसरमा नेपाली लेखक सघ जिल्ला कार्य समिति तनहुँले भानुभक्तीय रामायण बाचन कार्यक्रमको अायोजना गरेको हो। कार्यक्रमको उद्घाटन गर्दै ब्यासका अध्येता काशीनाथ न्यौपानेले मानवले जतिसुकै ठुलो शिक्षा हाँसिल गरेपनि ब्याक्तिमा अहंकार शुन्य हुन अनिवार्य भएको बताए । ब्यासका अध्येता काशीनाथ न्यौपानेले मानवले समाज सेवा निस्वार्थ भावले ज्ञानी,गुणी भई परोपकारी भावले लाग्न सके जीवन सार्थक र सफल हुने बताए ।

कार्यक्रममा नेपाली लेखक सघ तनहुँकि प्रदेश प्रतिनिधि नारायणी अधिकारी,श्रीकृष्ण दैपायन सतसंग समितिका अध्यक्ष प्रेमप्रकाश भट्टराई ,बालमन्दिर माध्यमिक विधालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद खनाल ,नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रदिप घिमिरे ,प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सदस्य कमलामोहन वाग्ले ,नेपाली लेखक सघकि केन्द्रीय सदस्य गौकुमारी न्यौपाने ,साहित्यकार लक्ष्मी तिमल्सिना लगाएतका वक्ताहरूले राष्ट्रिय विभुति भानुभक्तअाचार्यले नेपाली भाषा र साहित्यलाई एकीकरण गरि जनमानसलाई सहज बनाएर अविस्मरणीय योगदान पुराएको बताए ।

कार्यक्रम नेपाली लेखक सघ तनहुँका अध्यक्ष शंकरराज नहर्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Like