सीताले यसरी जोगाएकी थिइन् प्रचण्डलाई सशस्त्र ‘जनयुद्ध’मा त्यो इतिहास कहिल्यै मेटिदैन

Share to:

रासंसा/ललितपुर, आषाढ २८,

मुलुकमा सीता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगिनी मात्रै नभएर प्रचण्डलाई प्रचण्ड बनाउन पनि उनको ठूलो भूमिका रहेको छ । चाहे सशस्त्र ‘जनयुद्ध’का बेला होस्, चाहे शान्तिपूर्ण राजनीतिमा, उनले प्रचण्डलाई आफूले जानेको सल्लाह र सुझाव दिइरहिन् । मूल्यांकन मासिकका लागि राजेन्द्र महर्जन, चन्द्र खाकी र चन्द्रलाल गिरीसँग उनले केही वर्षअघि आफ्नो विवाह, पारिवारिक जिन्दगी, राजनीतिमा प्रवेश, सशस्त्र जनयुद्धका पल र शान्ति प्रक्रियामा आएपछिको जीवन’bout खुलेर बोलेकी थिइन् । यो अन्तर्वार्तापछि ‘जनयुद्धका नायक’ पुस्तकमा समेत प्रकाशित गरिएको थियो । १५ वर्षकै उमेरमा प्रचण्डलसँग वैवाहिक जीवनमा बाँधिएकी सीता २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै पछिल्ला दिनमा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् । सो अन्तर्वार्तामा उनले आफ्नो विवाह’bout भनेकी छन्, ‘त्यो बेला गाउँघरमा छिट्टै विवाह गर्ने चलन थियो । विवाहभन्दा पहिला हाम्रो चिनजान थिएन । पहाडमा हाम्रो घर एक्लै ठाउँमा जस्तो रहेछ । उहाँको कास्कीको ढिकुर पोखरी र मेरो हेङ्जामा घर थियो । हिँडेर जाँदा १ घण्टा लाग्छ होला । उहाँका र मेरा बुबा एउटै सालमा पहाडबाट झर्नुभएको रहेछ । हाम्रो चितवनकै सुन्दरबस्ती गाउँ र उहाँको भिमसेननगर भन्ने ठाउँमा बसाइँ सर्नुभएको हो । त्यहाँ पनि हिँडेर आउनजान २० मिनेट समय लाग्छ । विवाहका बेला दुवै जना १५ वर्षका थिए । विवाहपछि भने केटाकेटीदेखि नै सँगै जन्मेको, सँगै हुर्केकोजस्तो भए उनीहरू । ‘सानैमा विवाह भएकाले हामीहरू साथी र दिदीभाइजस्तो थियौं,’ अन्तर्वार्तामा सीताले भनेकी छन् । हाम्रो केही नाता पनि पर्छ, मावलीपट्टि वा कताबाट अलिकति सम्बन्ध थियो । तर, पहिला नै हाम्रो चिनजान त थिएन । मलाई माग्न त धेरै ठाउँबाट आएका थिए । तर, मेरो मामाले उहाँसँग नै विवाह गरिदिनुपर्छ भनेर जोड गरेपछि हाम्रो विवाह भएको हो । विवाहको कुरा चलिसकेपछि कहिलेकाहीँ बाटोमा हाम्रो भेट हुन्थ्यो । मेरो केटा यही हो भन्ने हुन्थ्यो तर बोलचाल भने हुँदैनथ्यो । वास्तवमा हाम्रो विवाह भएको लामो समयपछि मात्रै बोलचाल भयो । उहाँ पनि केटाकेटीमा लाज मान्ने, म पनि झन् महिला ।’ विवाहपछि भने सीता पनि राजनीतिमा आइन् । पार्टीमा मोहनविक्रम सिंहको नेतृत्व भएको बेलाको क्षण सम्झिँदै उनले भनेकी छन्, ‘त्यसबेला महिलाले जतिसुकै दुःख गरे पनि घरै धान्नुपर्ने, महिलालाई बच्चा जन्माउने मेसिन हो, पुरुषलाई मात्र स्वतन्त्रतापूर्वक छाड्नुपर्छ भन्ने धारणा थियो पार्टीभित्र । त्यसबेला म प्रचण्डलाई भन्थें, श्रीमान् र श्रीमती भनेको एउटा रथका दुई पांग्रा हुन् । त्यसैले पार्टीमा महिलालाई अगाडि बढाउने हो भने पुरुषले पनि सहयोग गर्नुपर्छ, पढाइ र राजनीतिमा पनि अगाडि बढाउने वातावरण बनाउनुपर्छ । म सुरुदेखि नै उहाँसँग यसरी नै प्रस्तुत हुँदै आइरहेकी छु । उहाँ भन्नुहुन्थ्यो ‘तिमीले भनेको ठीक हो’ । पछि विस्तारै पार्टीमा महिला उभार आउन थाल्यो । त्यसमा मैले पनि भूमिका खेलेकी छु जस्तो लाग्छ ।’ जनयुद्ध सञ्चालनताका पार्टीभित्र अन्तर्विरोध देखिएपछि त्यसलाई सल्टाउन आफूले भूमिका खेलेको संस्मरण पनि उनले गरेकी छन् । ‘मैले पार्टीमा एकता कायम हुनुपर्छ भनेर खेलेको भूमिका पार्टीबाहिर र भित्र दुवैतिर थाहा भइसकेको कुरा हो । त्यसबेला मैले कुनै पनि हालतमा पार्टी फुट्नु हुँदैन, एकता हुनैपर्छ भनेर अध्यक्ष र डा. बाबुराम भट्टराई दुवैलाई दबाब दिएकी थिएँ । चुनवाङ बैठकभन्दा अघिल्लो लाहावाङ बैठकमा म बिरामी थिएँ । म भारतमा उपचारत थिएँ । पार्टीभित्र कच्याककुचुक त पहिलादेखि नै भइरहेको थियो । त्यो बैठकमा धेरै नै विवाद भयो रे भनेपछि मलाई एकदम चिन्ता लाग्न थाल्यो । म नगएर गल्ती गरिछु भन्ने लाग्यो । एउटा कुराकानीका क्रममा प्रचण्डजीले तुरुन्तै आउनुप¥यो भनेपछि गएँ । त्यहाँ गएपछि चिज गडबड भएको थाहा भयो । पासाङ र विप्लवलाई थाहा छ, मैले ‘यसरी जानुहुँदैन, जसरी हुन्छ, पार्टी बचाएर लानुपर्छ,’ भन्थें । श्रीमान्को नाताले अध्यक्षलाई त आफूले सकेको बुद्धि दिन्थे । पार्टी फुटेर गइहाल्यो भने पनि पार्टीभित्र झन् नराम्रो मान्छे आउँछ भन्ने ढंगले सम्झाउँथें । अनि बाबुरामजीलाई पनि भन्थेंं, ‘माओवादीले गर्दा संसार पनि हल्लिएको छ । तर, तपाईंहरू झिनामसिना कुरामा अड्किएकोजस्तो लाग्यो मलाई । तपाईंको पनि गल्ती छ । उनले पनि कमजोरी गर्नुभएको छ ।’ श्रीमान् प्रचण्डले आफूलाई राजनीति’bout बुझाएपछि आफूले पनि त्यसमा चासो राखेको र पछि पूर्णकालीन नै भएर लागेको पनि भनेकी छन् । सोही प्रसंगमा उनले भनेकी छन्, ‘म जे देख्छु, त्यही भन्छु भनेर अध्यक्ष र बाबुरामजीलाई कुरा राख्थें । चुनवाङमा केन्द्रीय कमिटी बैठकमा म पनि गएकी थिएँ । त्यसबेला मैले भनेकी थिएँ, ‘चिज बिग्रिएको छ, दुवै जनाले गल्ती गर्नुभएको छ । दुवैतिरबाट सच्चिएर पार्टी बचाएर लानुपर्छ । कुनै हालतमा पनि पार्टीलाई फुटाउन पाइँदैन । यत्रो जनताको रगत बगिसकेको छ । तपाईंहरूको के हो यस्तो ताल ? यस्तो गर्न पाउनुहुन्न । यस्तै गर्ने हो भने त तपाईंहरूलाई जनता र विदेशी मित्रले पनि छाड्दैनन् ।’ ‘जनयुद्ध’ ताका नेपालमा र भारतमा आफूले प्रचण्डलाई कसरी सुरक्षित गराएको जस्ता घटना पनि उनले अन्तर्वार्तामा सम्झिएकी छन् । इन्डियामा रहँदा दुनियाँ नाटक गरेर बस्नुपथ्र्याे । म पनि प्रायः हातभरि चुरा, गहना वा त्यस्तै पहिरन लगाएर हिँड्थे । माओवादी महिलाजस्तो ‘सिम्पल’ भएर हिँड्नुको सट्टा गृहिणी महिलाजस्तो भएर हिँड्थें, त्यो आफूलाई जोगाउन गरिन्थ्यो । रेलमा सबै मान्छेको चेक गरियो । म निन्द्रामा रहेछु । चेक गरेको थाहा पाएर म बिउँझिएँ । यसो हेर्छु त पुलिसले सारा झोला र खल्ती चेक गरिराखेको छ, अरूलाई उठाइरहेको पनि छ । फेरि त्यहीबेला उहाँले जुँगा पनि पाल्नुभएको थियो । दाह्री पनि लामो भइसकेको थियो । मुख्यतः मुसलमानले प्रायः दाह्री पाल्ने । ‘त्यस्ता घटना त धेरै छन् । ठ्याक्कै मेरो बलले उनलाई बचाएका मुख्यतः दुइटा घटना छन् । एकपटक सात वर्षअगाडि भारतमा अल कायदाको खुब चर्चा र खोजी भइरहेको थियो । उहाँ र म दिल्लीबाट गोरखपुर आउँदै थियौं । रेलको एउटा सिटमा हामी दुई जना सुतेर आएका थियौं । एउटाको टाउको अर्कोको खुट्टायता बनाएर, उल्टोपाल्टो हुँदै । त्यहाँ इन्डियन प्रहरीले रेलका सारा महिला, बच्चा, वृद्धदेखि लिएर कागजपत्रसमेतको सम्पूर्ण जाँच गर्दै थियो । उनले हाम्रो ठूलो झोलामा माओवादी डकुमेन्ट, पुस्तक र लेख राखेर ल्याउनुभएको थियो । मैले दिल्लीमा नै उनलाई भनेकी थिएँ, ‘अहिले किताब नलैजाऔं । हाम्रो स्टाफपछि आउँदै हुनुहुन्थ्यो । बाइचान्स चेक भयो भने सबै पर्छ । तपाईं नबोक्नुस् ।’ यति भन्दाभन्दै उनले लिएर आइहाल्नुभयो केही हुन्न भनेर । उनले रेलमा ती सबै सामान सिरानीमा हालेर बस्नुभएको थियो । त्यतिखेर दाह्री–जुँगा भएका मुसलमानहरूकै खोजी भइरहेको थियो । त्यसपछि मलाई कस्तो भयो भने के गर्ने के नगर्ने ? उहाँ त तन्ना ओढेर सुतिरहनुभएको थियो । खुट्टाले झकझकाएर संकेत गरें, ‘तपाईं चुप लागेर सुत्नुहोस् ।’ त्यो संकेत पाएपछि उहाँले बुझ्नु भो । म गृहिणी महिलाजस्तो यताउता गर्दै बसें । त्यसपछि सबैलाई चेक गर्दा पनि हामीलाई गरेन र बल्लतल्ल बचियो ।’ भोलिपल्ट बिहान ९ बजेको थियो होला । उहाँले ‘म जान्छु’ भन्न थाल्नुभयो । मलाई के लागेको थियो भने सुरेशजी त यताउता भाषण गर्दै हिँडिराख्ने मान्छे, त्यहाँ सुरक्षित नहुन सक्छ । त्यसैले श्रीमान्लाई सम्झाउने तरिकाले कुरा गरें । उहाँहरू कोठामा हुनुहुन्छ कि हुनुहुन्न, त्यो बुझेर मात्रै जानुपर्छ भनें । त्यसपछि उहाँले स्टाफलाई फोन गरेर सुरेशजीकहाँ बुझ्न लगाउनुभो । पहिलोपटक जाँदा नभएको खबर लिएर साथी आउनुभएछ । दोस्रोपटक बादलजीको स्टाफलाई पठाउँदा त त्यहाँको चिया पसलेले भनेछन्, ‘ती मान्छेहरूलाई त बेलुकै पुलिसले लगिसक्यो ।’ त्यसरी यी दुइटा घटनामा म नजिकबाट सामेल भएको छु ।’ भारतमै भएको अर्काे घटनालाई उनले यसरी सम्झिएकी छन्, ‘अर्को त्यस्तै घटनामा २०६० सालमा सुरेश आलेमगर र मातृका यादव पक्राउ भएको बेला थोरै संयोगले उहाँलाई बचाइएको छ । घटना दिल्लीकै हो, त्यहाँ हामी सँगै थियौँ । साथीहरूसँग कुरा गरेर डेरामा फर्किंदै गर्दा साँझ परिसकेको थियो । उहाँले ‘म त सुरेश आलेको डेरामा जान्छु, मातृका पनि आउनुभा’को छ, कुराकानी गर्नु छ’ भन्नुभयो । मैले ‘राति भइसक्यो अहिले नजानुहोस्’ भनें । दुई÷तीनपटक जुत्ता लगाउँदै बाहिर जाँदै गर्नुभयो । मैले कराएको कराइ गरेपछि फर्केरभित्र कोठामा आउनुभयो ।रोल्पाको डाँडागाउँमा अध्यक्ष प्रचण्ड पनि बालबाल बचेको उनले सुनाएकी छन् । ‘रोल्पामा त हामी जनताकोमा बस्ने गथ्र्यौं । त्यहाँ हामी बसेको घरमा बमबारी पनि ग-यो । त्यहाँ पनि मैले चेताउने काम अलि पहिलेदेखि नै गरेकी थिएँ । उहाँहरूलाई भन्थें– अब हामी यहाँ नबसौं । यहाँ बसेको लामो समय भइसक्यो । जनता सदरमुकाम आउँछन्, जान्छन् । त्यो भएपछि लिक हुन सक्छ, खतरा हुन सक्छ । जनयुद्धको बेला आफू पनि मरिन्छ कि भन्ने डर वा चिन्ता केही भएन भन्ने जिज्ञासामा उनको नजाफ थियो, ‘त्यस्तो भएन । मलाई के भयो कुन्नि, त्यस्तो डर लागेन । तर, पनि मान्छे भएपछि डरै नलाग्ने कुरा पनि भएन । बमबारी हुँदा वा दुस्मनको नजिक पर्दा मलाईभन्दा पनि उहाँलाई केही भइहाल्यो भने के होला ? देश र जनता आज यो ठाउँमा आइपुगेको छ । पार्टीभित्रको अन्तद्र्वन्द्व पनि सबै बुझिएको छ । उहाँको अनुपस्थितिमा जनता पनि टुहुरा हुन्छन् । त्यसैले उहाँलाई केही हुनुहुन्न भन्ने खालको बढी चिन्ता थियो ।’ बमबारी हुनुभन्दा पाँच दिनअगाडि पासाङलाई पनि भनेकी थिएँ, ‘अब यहाँ त बस्नुहुन्न है बाबु † त्यसपछि उहाँहरूले ‘ठीक हो’ भनेर सरेको दुई रात मात्र भएको थियो, बमबारी गरिहाल्यो ।’

Like