चर्चित गायिका उमादेवि खनाल देश विदेशमा ख्याती कमाउन सफल
अन्जनराज न्यौपाने / गण्डकी प्रदेश ब्युरो
चर्चित गायिका तथा कुशल प्रस्तोता उमादेवी खनाल नेपाली लोक गीत र संगीतमा एक नामुद सफल पारखी कलाकारका नामले प्रसिद्ध भएकि छन।
पिता चण्डी प्रसाद खनाल उपाध्याय र माता सीता माया खनाल उपाध्याय को कोखबाट वि,स २ हजार ४८/साल १२ महिना २४ गते का दिन स्याङ्जा जिल्ला साबिक चिन्नेबास गा बि स वडा ९ ,हरिनाश गाउँ पालिका ५ मा जन्म लिन पुगेकि हुन।

उनको बाल्य अवस्थाको शैक्षिक अवस्था निकै दुखद मानिएको र शिक्षा लिन निकै बिकट ठाउँ जाहा ग्रामीण सडक को सुबिधा समेत नभएको अवस्था रहेको थियोे । गायिका उमादेवि खनालले बिधालय जान दिनमा ३ घण्टा हिड्नु पर्ने र स्कुलमा सबै भन्दा टाढा को बिध्यार्थी भनेर चिनिने एक संघर्षशिल मेहनती विधार्थीका रुपमा परिचित छन्।
उनको स्वभाव गीत गाउन आसाध्यै मन पर्ने गाउँ घर मेलापात घाँस दाउरा कुटो कोदालो जाहा जे गर्दानी गीत नगाइ काम गर्नै मन नलाग्नी स्वभाव कि थिईन । चिन्नेबास को जनप्रीय मा बि मा ९ कक्षा पढ्दा देखि अतिरिक्त कार्यक्रम भाग लिएर गीत गाई प्रथम भएर उनलाई पढाउने सर हरुले नै हौसला दिएर विभिन्न कार्यक्रममा भाग लिन जाने गरेको बताइन। वि,स २हजार ६९ देखि यो क्षेत्रमा पुर्ण रुपले लागेर लग भग ४ बर्ष गा बि स को प्रबिधिक सहायक भएर काम गरेकि थिईन।

२०७०साल देखि सांगीतिक क्षेत्रमा पुरै समय खर्चिएकि उमादेवि सामान्य भन्दा पनि सामान्य परिवार को छोरी भएको बताउछिन् । गरिब तथा जेहेन्दार तथा छात्राबृर्ति पाएर पढ्ने गरेकि उनी लगभग १० बर्ष बडी साँगीतिक क्षेत्रमा नेपालका ६५जिल्लाहरुमा साँगितिक प्रस्तुति पस्कन सफल भएको बताईन। पछिल्लो समय उनले लोक दोहोरी गायन संगै कार्यक्रम संचाल (मंच उद्घोषण ) को काम गर्न थालेपछी उनको क्षेत्र फराकिलो हुँदै गएको थियोे । नेपाल बाहेक केही बिदेश को भ्रमण पनि गरेकी छन। साँगितिक प्रस्तुति को साथमा उनीले आफै गीत को भाका बनाउने शब्द आफै लेख्ने र आफै गाउने गरेकी छिन्। धेरै जसो उनले गीत आफै लेख्ने ,बनाउने र गाउने गर्दछिन। पछिल्लो समयमा उनका धेरै जसो गीत हरुले एकाएक चर्चा पाएका छ्न । एकाएक भाईरल भै चर्चामा अाएका कालजयी गीतहरुमा अब चाइनाले लामा लामा लुगा पठाइदेउ भन्ने गीत ले तहल्का मच्चाउन सफल भयो म बिर्शन सक्छु र काहाँको निधारैमा सानू ले म्वाइ खाको , तीज का गीत हरु संगै ए माया ए आधिँखोले म बाहेक कोहि संग नबोले भन्ने गीत ले निकै चर्चा कमाएको छ।

यहि असार २ गते भएको राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट गायिकाको रुपमाअवार्ड समेत हात पार्न सफल भएकी छन। दर्शकको माया संगै मेरो हौसला बढिरहेको छ अब फेरि छिटै तीजको कोशेली बजार मा आफ्नै उमादेवी खनाल युटुब च्यनल बाट ल्याउँने जानकारी दिईन। गायन र कार्यक्रम प्रस्तोताकालागि ७ पटक मित्र राष्ट्र भारत ,दुवै र सिङ्गापुरमा सहभागी भै अाफ्नो प्रस्तुति प्रस्तुत गर्न सफल भएको जानकारी दिईन्।