कांग्रेस केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्दै

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २७,

मुलुकमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ। १ वर्षपछि कांग्रेसको केन्द्रीय समिति बैठकको बोलाइएको हो। गत वर्ष वैशाखमा भएको स्थानीय तह निर्वाचनको समीक्षा गर्न असार २७ देखि साउन २ सम्म केन्द्रीय समितिको बैठक बसेको थियो। त्यस यता कांग्रेस केन्द्रीय समिति बैठक बसेको छैन। अहिले ९ बजे बस्ने भनिएको बैठकले आजै बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विकले जानकारी दिए। तर आज बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा भने अझै तय भएको छैन। समितिको बैठकमा छलफल गरिने एजेन्डाबारे कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा बस्दै छ। नीति महाधिवेशन, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा, क्रियाशील सदस्यताका साथै समसामयीक बैठकका एजेन्डाबारे पदाधिकारी बैठकमा छलफल हुने उनले बताए।

Like