४० तोला सुन पशुपतिमा भेटियो

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २३,

मुलुकमा पशुपतिको ज्यासलमा करिब ४० तोला सुनको टुक्रा भेटिएको जनाइएको छ। जलहरी बनाएको ठाउँमा सरसफाइ गर्ने क्रममा शुक्रबार बिहान करिब ४० तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोष स्रोतको भनाइ छ। यसबारे विकास कोषका अधिकारीहरू बोल्न चाहँदैनन्। ज्यासल पशुपति मन्दिरको उत्तरतिर छ। यही ठाउँमा तीन वर्षअघि जलहरी बनाइएको थियो। पशुपतिको ज्यासलमा करिब ४० तोला सुनको टुक्रा भेटिएको जनाइएको छ। जलहरी बनाएको ठाउँमा सरसफाइ गर्ने क्रममा शुक्रबार बिहान करिब ४० तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोष स्रोतको भनाइ छ। जलहरी बनाएको ठाउँमा सिसिटिभी पनि जडान गरिएको थियो। अख्तियारको टोलीले जलहरीको नापजाँच गर्दा पनि सिसिटिभी जडान गरिएको थियो। जलहरी बनाएको तीन वर्षपछि सुनका टुक्रा कसरी भेटिए भन्ने प्रश्न उठेको छ। नापजाँचपछि जलहरीमा आधा केजीभन्दा बढी सुन अपुग छ। उक्त विषयमा कोषका पदाधिकारीहरू छानबिनको घेरामा परिरहेका बेला शुक्रबार बिहान ४० तोला सुन भेटिएको जनाइएको छ। कोष स्रोतका अनुसार ज्यासलमा सुनका ससाना टुक्रा भेटिएका छन्। ती सबै टुक्रा जोड्दा ४० तोलाभन्दा बढी हुन सक्ने कोषका एक कर्मचारीले बताए। सुनका टुक्रा खोज्ने क्रम जारी रहेको ती कर्मचारीको भनाइ छ। उनका अनुसार शनिबारसम्म यस विषयमा कोषको केही धारणा आउन सक्ने सम्भावना छ। कोष स्रोतका अनुसार ज्यासलमा सुनका ससाना टुक्रा भेटिएका छन्। ती सबै टुक्रा जोड्दा ४० तोलाभन्दा बढी हुन सक्ने कोषका एक कर्मचारीले बताए। सुनका टुक्रा खोज्ने क्रम जारी रहेको ती कर्मचारीको भनाइ छ। उनका अनुसार शनिबारसम्म यस विषयमा कोषको केही धारणा आउन सक्ने सम्भावना छ। कोषका प्रवक्ता रेवती रमण अधिकारीले पशुपतिमा सुनका टुक्रा भेटिए/नभेटिएको विषयमा आफूले केही जानकारी नपाएको बताए। कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पनि यस्तै धारणा छ। उनले यसबारे आफू जानकार नभएको बताए। पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा आधा केजीभन्दा बढी सुन पुगेको छैन। यही असार १० गते साँझ अख्तियारको एउटा टोली जलहरीको नापाजाँच गर्न पशुपति मन्दिर पुगेको थियोे। उक्त टोलीले ११ गते बिहानसम्म जलहरीको नापजाँच गरेको थियो। जलहरीको सुनको तौल पुगे–नपुगेको विषयमा आधिकारिक रूपमा अख्तियारका अधिकारीहरूले बोलेका छैनन्। अहिले छानबिन अन्तिम चरणमा पुगेको अख्तियार स्रोतको भनाइ छ। यसबारे गोप्य अनुसन्धान भइरहेको आयोगका उच्च अधिकारीहरू बताउँछन्। अख्तियारको टोलीमा सुनचाँदी व्यावसायी महासंघ, नाप तौल तथा गुणस्तर विभाग, खानी तथा भूगर्भ विभागलगायत निकायका प्रतिनिधिहरूलाई समेत बोलाइएको थियो। कोषका एक अधिकारीका अनुसार जलहरी, रिङ र पेटीसमेत जोड्दा १०७ केजी ८०७ ग्राम सुनको परिमाण भेटिएको हो। जलहरीमा चाँदी, तामा र जिंक मिसाइएको छ। चाँदी र जिंक सिमाइएकाले जलहरीमा प्रयोग गरेको सुन २२ क्यारेट भएको कोषको भनाइ छ। कोषका अधिकारीहरूले भने जलहरीमा १८८ ग्राम मात्र सुन नपुगेको दाबी गरेका छन्। अख्तियारको टोलीले नापजाँच गरेपछि गर्भगृहमा राखिएको जलहरी, रिङ र पेटीसमेत जोड्दा १८८ ग्राम सुन मात्र नपुगेको कोषको भनाइ छ। कोषका पदाधिकारीहरूमाथि जलहरीमा ९७ किलोग्राम मात्र सुन प्रयोग गरी बाँकी गायब बनाएको आरोप लागेको छ। सुनको जलहरीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले नापजाँच गरेको हो। पशुपतिको शिवलिंगमा लगाइएको जलहरीमा १०८ किलोग्राम सुन प्रयोग भएको दाबी कोषका पदाधिकारीले गर्दै आएका छन्। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा जलहरीमा अनियमितता भएको उल्लेख छ। यो विषय अख्तियारमा पुगेपछि उसले छानबिन थालेको हो। ‘पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरिएको छ। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ,’ प्रतिवेदनमा भनिएको छ। कोषका अधिकारीहरूले भने जलहरीमा १८८ ग्राम मात्र सुन नपुगेको दाबी गरेका छन्। अख्तियारको टोलीले नापजाँच गरेपछि गर्भगृहमा राखिएको जलहरी, रिङ र पेटीसमेत जोड्दा १८८ ग्राम सुन मात्र नपुगेको कोषको भनाइ छ। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा जलहरीमा अनियमितता भएको उल्लेख छ। यो विषय अख्तियारमा पुगेपछि उसले छानबिन थालेको हो। प्रतिवेदनमा लेखिएको छ, ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायत प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ। रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ रूपैयाँ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरिएको छैन।’

Like