प्रधानमन्त्री दाहालआफ्नै अभिव्यक्तिले अप्ठेरोमा

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २१,

मुलुकमा विगत केही दिनयता सामान्य रूपमा चलिरहेको नेपालको राजनीति बुधबारदेखि पुनः तरंगित बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिपछि नेपालको राजनीति अहिले तरंगित बनेको हो । उनको यस अभिव्यक्ति दाहाललाई सत्ताच्युत गराउन प्रमुख विपक्षी एमालेलाई राम्रो मसलासमेत बन्ने निश्चितप्रायः छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालको यो पछिल्लो भनाइको चर्काे विरोध गरेका छन् । प्रधानमन्त्री दाहालले यस’bout जवाफ दिएर मात्रै नहुने, राजीनामा नै दिनुपर्ने ओलीको भनाइ छ । प्रधानमन्त्रीले बोलेका भनाइलाई लिएर प्रमुख विपक्षी दल नेकपा एमालेले उनको राजीनामासमेत माग गरेको छ । प्रधानमन्त्री दाहालको भनाइलाई लिएर एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बुधबारको बैठक अवरोध गर्दा प्रतिनिधिसभाको अर्काे बैठक शुक्रबार र राष्ट्रिय सभाको बैठक बिहीबार बस्नेगरी स्थगित गरिएको छ । बुधबार संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले प्रधानमन्त्री दाहालको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय रहेको टिप्पणी गरे । ‘प्रधानमन्त्रीको भनाइ राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो,’ एमाले अध्यक्ष ओलीले भने, ‘हामीलाई जवाफ होइन, राजीनामा चाहिन्छ, प्रधानमन्त्रीले राम्रो काम त गर्दै गर्नुभएन, नराम्रो गर्दैगर्दै आएर अब त राष्ट्रिय स्वाभिमान र स्वाधीनताको प्रश्नमाथि, संविधानमाथि, संसद्माथि घोर अपमान हुने यस्तो खालको अभिव्यक्ति दिनुभयो, जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ ।’ प्रधानमन्त्री दाहालले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाउन भूमिका खेलेको विवादित अभिव्यक्ति दिएको विरोधमा एमालेसहितका दलहरूले संसद् बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टालाई स्थगित गरेका थिए । तर, स्थगित बैठक शुक्रबार मात्रै बस्नेगरी बोलाइएको छ । बुधबारको दुवै संसद्का बैठकमा पनि एमालेका सांसदहरू प्रधानमन्त्री दाहालको भनाइलाई लिएर खनिए । एमालेका प्रतिनिधिसभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री दाहाललाई लेन्डुप दोर्जेको नेपाली संकरणको उपाधिसमेत दिन भ्याएका छन् । ‘आज बादल लागेको छ, तर अहिले मौसम मात्रै उदास छैन, नेपालीहरूको मनमा पनि बादल लागेको छ, सम्माननीय प्रधानमन्त्री पनि नभनुँ कि जस्तो लाग्छ, नेपालको प्रधानमन्त्री बनाउन नेपालतिर जाने कि दिल्लीतिर जाने ?’ बुधबार आधा घण्टापछि बस्नेगरी स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक भोलि शुक्रबार २२ असार २०८० मा दिनको ३ः०० बजे बस्नेगरी निर्धारण गरेको सूचना संसद् सचिवालयद्वारा प्रकाशित गरिएको थियो । ‘हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर देशव्यापी कौतुहलता जागेको छ, हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ ? कसको इसारामा हुन्छ ? प्रधानमन्त्रीजीले प्रितम सिंह मलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको भन्नुभएको छ, दिल्लीमा राजनीतिक वातावरण बनाएको बताउनुभएको छ, यो कुरा नेपालका लागि शीर निहु¥याउने विषय हो, उहाँ स्वयंले यो कुरा अभिव्यक्त गर्दा लज्जित भएका छौं, हामीलाई लज्जाबोध भएको छ, हामी कुन देशका नागरिक हौँ ? हामीले हाम्रो देशको प्रधानमन्त्री बनाउँदा यस देशका सार्वभौमसत्ता सम्पन्न संसद्ले बनाउँछ कि भारतको इसारामा, दिल्लीको इसारामा बन्छ ?’ राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता दाहालले भने, ‘यसरी भारतको इसारामा बन्ने प्रधानमन्त्री हामीलाई ग्राह्य छैन, त्यस्ता प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन ।’ उता, बुधबार राष्ट्रिय सभा बैठक सुरु हुने बित्तिकै राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा माग गरेका थिए । आफूहरूको माग पूरा नभएसम्म संसद् बैठक चल्न नदिने अडान एमाले नेता दाहालले राखेका थिए । उनले प्रधानमन्त्रीले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले त्यस्तो प्रधानमन्त्री आफ्नो पार्टीलाई स्वीकार्य नहुने पटकपटक दोहो-याएका थिए । त्यसो त सरकारकै प्रमुख घटक नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति गलत र आलोचनायोग्य रहेको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीले संसद्को सम्मान गर्नसक्नुपर्ने बताए । सत्तारूढ नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले पनि प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंह’bout दिएको अभिव्यक्ति गलत रहेको बताएका छन् । प्रधानमन्त्रीले भारतीय नागरिक सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतमा गएर पटकपटक पहल गरेको भन्ने अभिव्यक्ति बोल्न मिल्ने खालको नभएको उनको भनाइ थियो । ‘संसद्को सम्मान र नेपालको राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने काम प्रधानमन्त्रीले गर्नुपर्छ, प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, त्यो आलोचनाका लागि योग्य छ, उहाँले गलत बोल्नुभएको छ,’ उनले भने । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा सांसद राणाले प्रधानमन्त्रीले यस’bout संसद्मा स्पष्टीकरण दिनुपर्ने मागसमेत गरेका छन् । एमालेसहितका विपक्षी दलहरूले त्यसप्रति आपत्ति जनाएपछि प्रधानमन्त्रीले संसद्मा उभिएर त्यस’bout स्पष्ट पार्नुपर्ने भन्दै उनले भने, ‘यस सन्दर्भमा प्रधानमन्त्रीजीले पुस्तक विमोचन गर्ने बेला केही कुरा बोल्नुभएको थियो, त्यस’bout उहाँहरूले आपत्ति जनाउनुभयो, अब प्रधानमन्त्रीले हाउसमा आएर स्पष्ट बनाइदिनुपर्छ ।’ प्रधानमन्त्री दाहालले कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भएता पनि त्यही अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाए । प्रधानमन्त्री दाहालले भने सञ्चारमाध्यममा आएको जस्तो अभिव्यक्ति नदिएको प्रष्टीकरण दिएका छन् । बुधबार माओवादी भ्रातृ संगठन अनेरास्ववियुको कार्यक्रममा उनले आफूले त्यस किसिमको अभिव्यक्ति नै नदिएको दाबी गरेका छन् । त्यसो त माओवादीका अरू नेताहरू पनि प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा उत्रिएका छन् । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार सञ्चारकर्मीसँग प्रधानमन्त्री हुन भारत जानुपर्छ भनेर प्रधानमन्त्री दाहालले भन्नुभएको नदेखिएको बताए । ‘कुनै व्यक्तिले आफ्नो सोचअनुसार भारतलाई पनि मिलाइदिनुपर्छ कि क्या हो भनेर दौडनुभयो भने त्यो उहाँहरूको कुरा हो, प्रधानमन्त्रीले मलाई प्रधानमन्त्री बनाउन भारत पठाएँ र भारतको सहयोग भएर म प्रधानमन्त्री भएँ भन्नुभएको छैन, हाम्रो प्रधानमन्त्री नेपालको संसद्ले निर्वाचित गरेको प्रधानमन्त्री हो ।’ उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले यस’bout प्रधानमन्त्रीले प्रस्ट पार्ने बताए ।

Like