२ अर्बको मध्य काठमाडौंमा ‘स्काई वाक टावर’
रासंसा/काठमाण्डौ, आषाढ १५,
मुलुकमा उपत्यकामा नयाँ पर्यटकीय गन्तव्यको रूपमा करिब २ अर्ब रूपैयाँ लगानी गरी स्काई वाक टावर निर्माण गरिएको छ। टावर बिहीवारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ। यो टावर निजीक्षेत्रको लगानीमा निर्माण गरिएको हो। उपत्यकामा नयाँ पर्यटकीय गन्तव्यको रूपमा करिब २ अर्ब रूपैयाँ लगानी गरी स्काई वाक टावर निर्माण गरिएको छ। टावर बिहीवारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ। यो टावर निजीक्षेत्रको लगानीमा निर्माण गरिएको हो। साहसिक पर्यटनलाई काठमाडौमै स्थापित गराउने उद्देश्यले टावर निमार्ण गरिएको कम्पनीका अध्यक्ष आकर्षण पोखलले बताए। एउटा फरक प्रकृति, नेपालमा कसैले नदेखेको, अनुभव नगरेको र विश्वास पनि नभएको प्रयोग गरौं भन्ने चाहनाले स्काई वाक टावर बनाउन प्रेरित गरेको उनले बताए। स्काई वाक प्वाइन्टमा ५ हजार स्क्वायर फिटको ‘स्पेश’ रहेको छ। क्षमताको दृष्टिले एकैपटक हजार जना अटाउने स्थान रहे पनि भिडभाड र अव्यवस्थित हुने भएकाले अहिलेलाई ५ सय जना मात्र लग्ने तयारी गरिएको छ। अध्यक्ष पोखरेलले कोभिड महामारीका कारण टावर बनाउन योजना गरिएभन्दा बढी समय लागेको बताए। उनले भने ‘हामीले निमार्ण कार्य गर्न पाएको समय भनेको करिब २ वर्ष मात्रै हो, कोभिड महामारीले हाम्रो काम रोकियो नत्र निकै अगाडि बनाएर सकिने थियो।’ ‘सामाजिक सञ्जालमा स्काई ग्लास वाकमा मानिसहरू हिँड्दा अचम्म मान्दै डराइडराइ हिँडेको भिडियो र उनीहरूले दिएका प्रतिक्रिया हेर्दा रमाइलो लाग्यो’, पोखरेलले भने, ‘यी भिडियोले जति हेर्यो त्यति आकर्षित गर्दै लग्यो, त्यसपछि नेपालमा पनि हामीले यस्तोे किन नबनाउने भन्ने विचार आयो र सुरु भयो यो स्काई ग्लास वाकको योजना।’ २०७६ सालमा सुरु गरी २०८० सालमा निर्माण सम्पन्न गरिएको स्काई ग्लास वाक टावर नेपालका अधिकांश मानिसका लागि अनौठो हो। चीनको ग्लास टावरमा गएर सामाजिक सञ्जालमा भाइरल भएका दृश्य यहाँ पनि दोहारिन सक्छन्। पोखरेलका अनुसार मानिसहरू चीनतिर डुल्न गएका बेला स्काई वाकमा हिँड्दाको भिडियो हेरेर हाँसिरहेका, रमाइरहेका देखियो। स्काईवाकमा हिँडेका मानिसहरूको विभिन्न प्रतिक्रियाहरू हेरेर आफूलाई पनि रमाइलो लाग्यो र नेपालमै किन नबनाउने? भन्ने सोच पलाएको हो। यसरी सुरु भएको परिकल्पनाले २०८० सालमा मात्रै मूर्तरूप लियो। योजनाको निर्माणसम्बन्धमा पोखरेल भन्छन्, ‘म २०७५ सालमा अमेरिका हुँदै स्काई वाक बनाउने योजना तय गरिएको थियो। नेपाल फर्किएर केही गर्नुपर्छ भन्ने लागिरहेका बेला साथीहरू लोकनाथ अधिकारी र विष्णु काप्रीसँग सरसल्लाह गर्दा उहाँहरूले पनि हौसला थप्नुभयो। उहाँहरूसमेत एकत्रित भएर सँगै नेपाल फर्किएपछि मात्र यो परियोजना अगाडि बढाएका हौं। नेपाल आएपछि तेजबहादुर सिंह र खेमराज न्यौपानेसहित पाँच जनाको समूहले धेरैका लागि महत्वाकांक्षी मानिने यो परियोजना सुरु गर्यौं।’ २०७६ सालमा सुरु गरी २०८० सालमा निर्माण सम्पन्न गरिएको स्काई ग्लास वाक टावर नेपालका अधिकांश मानिसका लागि अनौठो हो। चीनको ग्लास टावरमा गएर सामाजिक सञ्जालमा भाइरल भएका दृश्य यहाँ पनि दोहारिन सक्छन्। इन्जिनियर पोखरले भन्छन्, ‘टावर बनाउने स्थान छनौट गर्न केही समय अल्झिएको यो समूहले काठमाडौं सहरको मुटु कमलादीलाई हरेक दृष्टिबाट उत्कृष्ट ठहर गर्यो। यातायात लगायत अनेक दृष्टिबाट उपयुक्त हुने स्थान कमलादी नै हो भन्ने टुंगो लागेपछि आफू इन्जिनियर भएका कारण टावरको अवधारणात्मक डिजाइन गर्न अघि सरें।’ उनले भने, ‘यस्तो बन्नु पर्छ है भन्ने आकृति मैले नै तयार गरेको हो।’ संरचना डिजाइन भने रिकल कम्पनीले निर्माण गरेको हो। इन्जिनियर किरण आर्चायले टावरको संरचनागत डिजाइन गरेका हुन्। साथै टावरको पियर रिभ्यु अमेरिकन प्रोफेसरबाट गराइएको उनले बताए। यस्तै टावरमा प्रयोग भएका सामग्रीको सुरक्षाको पाटोलाई एकदमै ध्यान दिएर निर्माण र डिजाइन गरिएको पोखरेलले बताए। ‘हामीले यहाँ आउने पर्यटकहरूका लागि उच्च सुरक्षाको प्रत्याभूति दिलाउन सक्छौं। अब घन नै बजार्यो, र ठूलो ढुंगाले सिसा फुटाउने भनेर नै हान्यो भने अर्को कुरा नत्र यहाँ आउने पाहुनाले सुरक्षाको पाटोमा कुनै शंका गर्नु पर्दैन’, पोखरेलले भने। टावरमा एफई २४० र ३५० हाई ग्रेडको स्टिल प्रयोग गरिएका छन्, ती स्टिल भारतबाट ल्याइएको हो। ब्रिटिस स्ट्यान्डर्डमा उत्पादित स्टिल टावरमा प्रयोग गरिएका छन्। टावरमा प्रयोग भएको सिसाको सवालमा भने पोखरेल लगायतको समूहले भारतमा गई आफूलाई चाहिने डिजाइनमा तयार गर्न लगाइ नेपाल ल्याइएको पोखरेलले बताए। टावरको उचाइ ७८.५ मिटर रहेको छ। सिसा प्रयोग गरिएको खण्ड ६५ मिटर रहेको छ, जुन टावरको सबैभन्दा माथि राखिएको छ। त्यसको तल ३६० डिग्री भ्यु रेष्टुरेन्ट रहेको छ भने त्यो भन्दा तलको तहमा क्लब छ । क्लबभन्दा तल भने लबी रहेको छ। त्यो लबिमा तलबाट गएको एलिभेटर रोकिन्छ। टावरमा एफई २४० र ३५० हाई ग्रेडको स्टिल प्रयोग गरिएका छन्, ती स्टिल भारतबाट ल्याइएको हो। ब्रिटिस स्ट्यान्डर्डमा उत्पादित स्टिल टावरमा प्रयोग गरिएका छन्। हाई स्पिड क्षमता भएको एलिभेटरले २४ जना बोक्न सक्छ। ७८.५ मिटर उचाइको टावरमा ३० सेकेण्डमा माथि पुगिन्छ। एलिभेटर २ वटा र यसको विकल्पमा २ वटा भर्याङ पनि छन्। एलिभेटरबाट ओर्लेपछि २ तला हिँडेर स्काई वाक पोइन्टमा पुगिन्छ। सबैभन्दा माथि पुगेपछि आकाशमा हिँडेजस्तै अनुभूति हुने र सिसामा टेकेर पूरै काठमाडौ सहरको दृश्यावलोकन गर्न सकिन्छ पोखरेलले भने। टावर चढ्न चाहे मात्र टिकट काट्नु पर्ने तर कसैले तलै बसेर हेर्ने उत्सुकता राख्छ भने टावर भएको स्थानमा जान कुनै शुल्क तिर्नु पर्दैन। टावर तल रहेको कुनै पनि ‘फुट आउटलेट’मा बसेर टावर हेर्न सकिन्छ। प्रतिव्यक्ति एक हजार रूपैयाँ शुल्क तिरेपछि स्वदेशी तथा विदेशी सबै नागरिकले स्काई वाक पोइन्टमा आधा घण्टा बिताउन सक्छन्। नयाँ चिज, टेक्नोलोजी ट्रन्सफर, स्टिल संरचनालाई हाई राइजमा नयाँ प्रयोग गरिएको जानकारी दिँदै उनले अर्बौं लगानीको टावर व्यापारिक प्रयोजनका लागि निमार्ण गरिएको बताए। ‘टावर निर्माणको अर्को महत्वपूर्ण पक्ष भनेको काठमाडौं सहरमै साहसिक पर्यटनको हब तयार गर्नु हो’, इन्जिनियर पोखरेलले भने। टावरको उचाइमा पुगेपछि कसैलाई स्वास्थ्य समस्या देखिएको खण्डमा प्राथमिक उपचार गर्ने प्रबन्ध पनि गरिएको छ। हप्ताको सातै दिन टावर खुला रहन्छ। अहिललेलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला गरिए पनि केही समयपछि २४ सै घण्टा खुला गर्ने पोखरेलले बताए। उनले क्षमता अनुसार १ दिनमा ६ हजार मानिस चढाउन सकिने भए पनि अहिलेलाई दिनमा हजार जनासम्म आउने अपेक्षा राखिएको बताए। टावर चढ्न चाहे मात्र टिकट काट्नु पर्ने तर कसैले तलै बसेर हेर्ने उत्सुकता राख्छ भने टावर भएको स्थानमा जान कुनै शुल्क तिर्नु पर्दैन। टावर तल रहेको कुनै पनि ‘फुट आउटलेट’मा बसेर टावर हेर्न सकिन्छ। नेपालमा पहिलोपटक स्काई वाक निर्माण गरिएको हो। स्काई वाक टावरमा २ सय जनाको रोजगारी सुनिश्चित हुने पोखरेलले बताए। खानाको स्टल, रेष्टुरेन्ट, क्लबमा समेत गरी सयौं जनाले रोजगारी पाउने भएका छन्। पर्यटन उद्योग अन्तर्गत साहसिक पर्यटनमा स्काई वाक टावरले नयाँ आयाम थपेको उनको बुझाइ छ। काठमाडौंमा मनोरञ्जनको लागि कता जाउँ, कहाँ जाउँ, नयाँ प्रयोग के गरौं भन्ने जमातको लागि स्काई वाक टावर राम्रो गन्तव्य बन्ने पोखरेलको दाबी छ।