श्रीमती हत्यारा एक युवक पक्राउ
अन्जन राज न्यौपाने/तनहुँ, ज्येष्ठ ३२,
जिल्ला प्रहरी कार्यालय तनहुँले श्रीमतीलाई हत्यागरि बोरामा पोकोपारि फ्याक्ने एक युवकलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। नीजकि श्रीमती बर्ष २२ कि रंगीला भुजेलको हत्याका अभियुक्त भानु नगरपालिका वडा नम्बर -५ मैवल हट्टीया स्थायी घर भै हाल ब्यास-४ दमौलीमा कोठाभाडामा बस्दै अाएका बर्ष २१ को मनोज विष्ट रहेका छन्। गत ३० गते विहान ११:३० बजे सामान्य घरयासी विवादका कारण निजले हत्या गरेको सुहिकारेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अवदेश विष्टले सार्वजनिक गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँडको एक टोलीले हत्याका अारोपी अभियुक्त मनोज विष्टले खानेपानीको पाईप विछ्याइएको नालीमा बोराले पोकोपारि ब्यास -३ स्थित तरकारी मण्डीमा हिडिरहेको अवस्थामा निजले लिएको मोबाइलको लेकेशनबाट प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन्।