नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहसः रायमाझीका वकिल रिजालप्रति असहिष्णु

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २७,

मुलुकमा रायमाझी र रिजाल दुवै नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित व्यक्ति हुन्। दुवैविरुद्ध यो प्रकरणमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ। शुक्रबारको बहसमा रायमाझीका वकिलहरूले रिजालको दिमागी अवस्थामाथि नै टीकाटिप्पणी गर्दै बहस गरेका छन्। रायमाझीको पक्षबाट बहस गरेका पूर्वन्यायाधिवक्ता रमेश बडालले रिजालको ‘माइन्ड कन्ट्रोल’ अरूकै हातमा भएको दाबी गरे। पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका वकिलहरू भुटानी शरणार्थी नेता टेकनाथ रिजालमाथि खनिएका छन्। जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहसका क्रममा शुक्रबार रायमाझीको तर्फबाट प्रतिरक्षा बहस गरेका वकिलहरू रिजालमाथि खनिएका हुन्। ‘एउटा माइन्ड कन्ट्रोल अरूकै हातमा भएको मान्छेले दिएको बयान पत्याउने श्रीमान्?’उनले भने, ‘उनको दिमाग अरूकै माइन्ड कन्ट्रोलमा हुने कुरा स्वयं आफैले किताबमै स्विकारेका छन्।’ रिजालले सन् २००९ मा लेखेको किताब ‘टर्चर किलिङ बी सफटुली’मा लेखिएको विषयलाई स्थापित गर्न खोज्दै बडालले तर्क गरे, ‘उहाँको किताबमा माइन्ड कन्ट्रोल उल्लेख भएकाले अहिले पनि सरकारले उनको माइन्ड कन्ट्रोल गरेर बोल्न लगाएको हो कि? यसैले उहाँले बयानमा दिएको कुरा अभियोगको रूपमा सम्मानित इजलासले ग्रहण गर्न सक्दैन।’ किताबमा भुटानको जेलमा बस्दा भुटान सरकारले ‘माइन्ड कन्ट्रोल’ गरेको विषय रिजालको किताबमा रहेकाले त्यसमा इजलासले ध्यान दिनुपर्ने बडालले आग्रह गरे। रिजालको स्मरणशक्ति र दिमागी अवस्थाकै बारेमा अर्का वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रश्न खडा गरे। ‘टेकनाथ रिजालजी संघर्ष र मानवअधिकारका पक्षमा उहाँले गरेको संघर्षको विषयमा अत्यन्त सम्मान गर्छु। तर, उहाँको वर्तमान अवस्थाको सोचसमझको स्थिति, स्मरण शक्ति, मस्तिष्कको क्षमताबारे भने इजलासको ध्यान जानुपर्छ,’ उनले भने, ‘विगतमा किताबमै उहाँले आफ्नो माइन्ड कन्ट्रोलको कुरा स्वीकारसमेत गरिसक्नुभएको छ।’ पछिल्लो समयमा बयान हेर्दा रिजालको दिमागमा अरू कसैले ‘चिप्स’ राखेर चलाइरहेको छ कि भन्ने देखिएको वरिष्ठ अधिवक्ता पन्तले तर्क गरे। ‘उहाँको कुरा हेर्दा ‘अन्कसियस’ जस्तो १०० प्रतिशत कहीँ ‘डिपार्चर’ भएजस्तो देखिन्छ। जे पनि भन्दिनुहुन्छ। बोलिदिनुहुन्छ,’ पन्तले भने। शरणार्थी नेता रिजालमाथि रायमाझीका वकिलहरू यसरी खनिनुको कारण रिजालले जिल्ला अदालतमा दिएको बयान हो। रिजालले यस प्रकरणमा सुरुदेखि नै रायमाझीको संलग्न रहेको बताएका छन्। अदालतको कठघरामा उभिएर दिएको बयानलाई इजलासले गम्भीर रूपमा ग्रहण गर्छ। शरणार्थी नेता रिजालमाथि रायमाझीका वकिलहरू यसरी खनिनुको कारण रिजालले जिल्ला अदालतमा दिएको बयान हो। रिजालले यस प्रकरणमा सुरुदेखि नै रायमाझीको संलग्न रहेको बताएका छन्। अदालतको कठघरामा उभिएर दिएको बयानलाई इजलासले गम्भीर रूपमा ग्रहण गर्छ। त्यसपछि दाहालले ‘आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला। सम्बोधन हुनसक्ने भए समाधान गर्नु भन्नुभयो,’रिजालले बयानमा भनेका छन् ,‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ।’ त्यसपछि दाहालले ‘आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला। सम्बोधन हुनसक्ने भए समाधान गर्नु भन्नुभयो,’रिजालले बयानमा भनेका छन् ,‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ।’ शरणार्थी नेता रिजालले अदालतमा दिएको बयानमा सुरुमा सानु भण्डारी र केशव दुलाल नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग माग्दै आफूकहाँ आएको बताएका छन्। त्यसपछि उनीहरूसँग आफूले तत्कालीन ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड(पुष्पकमल दाहाल)लाई भेटाउनुस्’ भनेपछि उनीहरूले नै काठमाडौं ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्याएको रिजालको बयान छ। त्यसपछि टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलालसहित आफू दाहालनिवास पुगेको उनको बयानमा उल्लेख छ। शरणार्थी नेता रिजाल आरोपितमध्ये एक त्यस्ता पात्र हुन्, जसले सुरुदेखि नै आफ्नो बयानमा एकरूपता कायम गर्दै आएका छन्। उनले अनुसन्धानमा खटिएका प्रहरी, सरकारी वकिलसँगको बयान र जिल्ला अदालत काठमाडौंमा दिएको बयानमा लगभग उस्तै कुरा दोहोर्याइरहेका छन्। उनीबाहेक अधिकांश अन्य आरोपितहरूले प्रहरी र सरकारी वकिलको रोहबरमा बयान दिँदा फरक–फरक दिएका छन्। प्रहरीसँगको बयानमा ‘साविती बयान’दिएको भनिएका गिरोहका नाइकेहरू केशव दुलाल र सानु भण्डारी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डेदेखिका अभियुक्तहरूले अदालतको कठघरामा ‘इनकारी बयान’ दिएका छन्। रायमाझीका वकिलहरूले बहसका क्रममा बिनाप्रमाण आफ्ना ‘क्लाइन्ट’(टोपबहादुर रायमाझी)लाई फसाउँदा ‘मिडिया ट्रायल’चलाएर ‘पब्लिसिटी स्टन्ट’ गर्दै मुद्दा चलाएको दाबी गरेका छन्। वरिष्ठ अधिवक्ता पन्तले रायमाझीविरुद्ध सुरूमा कोहीकसैको जाहेरी नपरेको अवस्थामा ‘सहअभियुक्तलाई पोल्न लगाएर’ पक्राउ पुर्जी जारी गराएको, त्यसपछि पक्राउ गरेको र त्यसपछि मात्रै जाहेरी दिन लगाएको प्रमाणित तथ्य रहेको दाबी गरे। रायमाझीका तर्फबाट शुक्रबार १० जना वकिलहरूले प्रतिरक्षा बहस गरेका हुन्। बहस गर्नेहरूमा वडाल र पन्तबाहेक पर्शुराम कोइराला, धर्मराज रेग्मी, आकृति रायमाझी, करुणबहादुर मल्लिक, सुदिज्ञ पन्त, सोमदेवी पौडेल, पुष्पराज पौडेल र ज्ञानेश्वर पराजुली रहेका छन्। यो प्रकरणमा अभियोजन गरिएका रायमाझी सबैभन्दा ‘हाई प्रोफाइल’ व्यक्ति हुन्। ‘उहाँविरुद्ध २०८० वैशाख २० गते पक्राउ पुर्जी जारी भयो। वैशाख ३१ गते पक्राउ गरियो। त्यसपछि जेठ १ गतेमात्रै प्रेमराज पन्थी भन्ने व्यक्तिलाई राज्यले जाहेरी दिन लगाएको छ,’ वरिष्ठ अधिवक्ता पन्तले भने,‘ पक्राउ गरेपछि बयान लिन र मुद्दा चलाउन प्रमाण नपाइएपछि जाहेरी गर्न लगाइएको छ।’ जाहेरी दिने पन्थी पनि आफैं ठगी मुद्दामा आरोपित रहेको उनले दाबी गरे। ‘पन्थीविरुद्ध टेकनाथ रिजालज्यूले गौशाला प्रहरी वृत्तमा जाहेरी दिनुभएको छ। एकै व्यक्ति ठगीको आरोपी र उही जाहेरीकर्ता कसरी हुन्छ? यो प्रहरीले तर्साएर जाहेरी गर्न लगाएको हो,’ उनले भने। पूर्वन्यायाधिवक्ता बडालले रायमाझीविरुद्ध मुद्दा चलाउँदा राज्यको पुरापुर बदनियत देखिएको बताए।

Like