अन्य थपमुख्य समाचारराजनीतिविश्वसंचारसमाचारस्पेसलहेडलाइन

अमेरिकी राष्ट्रपति बाइडेन स्टेजमै लडे

Share to:

एजेन्सी,

अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार अमेरिकाको कोलोराडो प्रान्तमा रहेको युएस एयर फोर्स एकेडेमीको स्नातक दिवस समारोहमा स्टेजमा धरमराएर लडेका थिए । मञ्चमा आफ्नो सिटतर्फ जान लाग्दा यो घटना भएको हो । उनको खुट्टा प्लेटफर्ममा राखिएको बालुवाको बोरामा ठोक्किएर लडेका हुन्। मञ्चमा आफ्नो सिटतर्फ जान लाग्दा यो घटना भएको हो । उनको खुट्टा प्लेटफर्ममा राखिएको बालुवाको बोरामा ठोक्किएर लडेका हुन्। त्यसपछि उनी बिना कुनै सहयोग आफ्नो सिटमा पुगे र पछि आफ्नो कारतर्फ दौडिएर गए । अमेरिकी राष्ट्रपति जो बाइडेन लडेको देखेपछि त्यहाँ उभिएका सुरक्षाकर्मीले उनलाई उभिन मद्दत गरे । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले अमेरिकी राष्ट्रपति पूर्णतया स्वस्थ रहेको बताएका छन् । उनी यसअघि पनि साइकलबाट लडेका थिए । र एक पटक उनी एयर फोर्स वनको भर्याङबाट लडेका थिए। ८० वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेन सार्वजनिक स्थानमा लडेका यो पहिलो पटक भने होइन। बाइडेनका आलोचकहरूले उनको बढ्दो उमेरका कारण उनको क्षमताको बारेमा निरन्तर आशंकाहरू उब्जाइ रहेका छन्। बाइडेनले भने फेरि पनि चुनाव लड्ने घोषणा गरेका छन् । यसपटक उनले चुनाव जिते भने ८२ वर्षको उमेरमा अमेरिकी राष्ट्रपतिको सपथ लिनेछन् ।

Like