प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको आजको भारत भ्रमण तालिका
रासंसा/नयाँदिल्ली, ज्येष्ठ १९,
मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहालले आज चार दिने भारत भ्रमण क्रममा मध्यप्रदेश जाँदै छन्। त्यहा उनले उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ। त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ । आजै प्रधानमन्त्री दाहालले मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्ने कार्यक्रम छ। इन्दोरको भ्रमणका क्रममा त्यहाँको फोहोर व्यवस्थापनसम्बन्धी जानकारी दाहालले लिनेछन्। दाहालले इन्दोरमा भाजपा र आरएसएसका नेताहरूसँग अन्तक्रिया गर्ने सम्भावना छ। गत वर्ष उनी भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली आउँदा भाजपा र माओवादीबिच पार्टीगत सम्बन्ध प्रारम्भ भएको थियो, यो भ्रमणले त्यसलाई पनि निरन्तरता दिने प्रयास हुने बताइएको छ। प्रधानमन्त्रीले भारतीय उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। बेलुका उनी मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।