किन गएनन् महानगर प्रमुख बालेन्द्र साह सरकारले बोलाएको बैठकमा ?
रासंसा/काठमाण्डौ, ज्येष्ठ १८,
मुलुकमा फोहर व्यवस्थापनसम्बन्धी सहरी विकास मन्त्रालयले बोलाएको उच्चस्तरीय समितिको बैठकमा काठमाडौं महागरपालिकाका महागर प्रमुख वालेन्द्र साह अनुपस्थित हुँदै आएका छन्। बुधबार बोलाइएको बैठकमा पनि साह उपस्थित भएनन्। काठमाडौ काठमाण्डौ माहानगरका महानगर प्रमुख साह भने आफू सहभागी नभइ महागरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई बैठकमा पठाएका थिए। साहकी पत्नी विरामी भएको कारण साह बैठकमा आउन नसकेको जानकारी अधिकारीले सुनाएका थिए। तर साह बैठकमा अनुपस्थिति भएको यो पहिलोपटक भने होइन। अघिल्लो महिना प्रधानमन्त्री पुष्पकमल दाहालले फोहोर व्यवस्थापनसम्बन्धी आयोजना गरेको कार्यक्रमा पनि साह उपस्थिति भएका थिएनन्। सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा सिंहदरबारमा बसेको फोहर व्यवस्थापनसम्बन्धी बैठकमा काठमाडौं महागरपालिका, ललितपुर महानगरका पालिकालगायत उपत्यकाका सबै नगरपालिकाका मेयरलाई बोलाइएको थियो। ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन भने बैठकमा उपस्थित भएका थिए। यसैगरी उपत्यकामा अन्य नगरपालिकाका मेयर तथा प्रतिनिधिहरू बैठकमा गएका थिए।