म्याराथुन दौड रारामा हुने

Share to:

रासंसा/मुगु, ज्येष्ठ १८,

मुलुकमा नेपालको ठूलो र सुन्दर रारा तालमा जेठ २० गते म्याराथुन दौड हुने भएको छ। ताल वरिपरी १६ किलोमिटर दौड हुनेछ । जिल्ला र प्रदेस स्तरीय खेलाडी उत्पादन एवम् खेल क्षेत्रको बिकासका माध्यमबाट राराको पर्यटन प्रबर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको हो । आन्तरिक र बाह्यय पर्यटक भित्राउने उद्देश्यले रारा म्याराथुन दौड गर्न लागेको रारास्थित श्रीबक्स गुल्म हुटु राराका गुल्मपति डोलराज श्रेष्ठले राजधानीलाई जानकारी दिए । श्रीबक्स गुल्म रारा र छायानाथ रारा नगर पालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिने श्रीबक्स गुल्मका गुल्मपति श्रेष्ठले जानकारी दिए । जिल्ला एवं बाहिरका म्याराथुन धावकहरुले जेठ १८ गतेसम्म नाम दर्ता गराउनुपर्ने बताएको छ । म्याराथुन दौडको लागि तयारी भइरहेको जनाइएको छ ।

Like