दुवै खुट्टा गुमेकाहरु हरि बुढामगर अन्तरिक्षमा पुगेपछि सगरमाथा चढ्ने आँट आयो

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ९,

मुलुकमा सगरमाथाको सफल आरोहण गरेर र्फकेका पूर्वगोर्खा सैनिक हरि बुढामगरले अपाङ्गता भएकाहरुलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने प्रक्रियागत झमेलालाई कम गर्ने काममा लाग्ने बताएका छ्न्। उनले हिमाल चढ्दा अपाङ्गता भएका मानिसहरुले हिमाल चढ्न गर्नुपर्ने प्रक्रियालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर आगामी दिनमा काम गर्ने लक्ष्य रहेको बताए। सगरमाथाको आरोहणपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सगरमाथा चढ्दाको अनुभव शेयर गर्दै यस्तो बताएका हुन्। उनले अब अपाङ्गता भएकाहरुले आफूले जस्तो लामो प्रक्रिया भोग्नु नपर्ने अवस्था सिर्जना गर्नेपनि उल्लेख गरे। सगरमाथाको चुचुरोमा पुगेर धेरै फोटो खिच्ने र विश्वको अग्लो स्थानबाट सबै हिमाल हेर्ने सपना मौसमको कारण सफल हुन नसकेको उनले बताए। दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमे पनि मानिसले नै रकेट बनाएर अन्तरिक्षमा पुगेको भन्ने सोच आएकाले सगरमाथा चढ्ने आँट गरेको उनको भनाइ थियो। उनले विश्वमा कतै पनि आफ्नो जस्तो खुट्टा डिजाइन नभएको बताए। उनले शरीरमा अक्सिजन नहुँदा कस्तो हुँदो रहेछ भन्ने कुरा सगरमाथा चढ्दाको अनुभव दिएको उल्लेख गरे। उनले सगरमाथा चढ्दा अक्सिजन सकिएर माथि जान नसक्ने गरी शरीर चिसो भएको र पछि अक्सिजन परिवर्तन गरेपछि स्वस्थ भएर माथि चढेको सुनाए। उनले सबैको प्रेरणाले सगरमाथा चढेर राम्रो काम गरेको जस्तो लागेको बताए। उनले नेपालीहरु मुख्य गरी सगरमाथा, बुद्धको देश र गोर्खालीहरुको देश भएको र आफू तीनवटै कुरामा सम्बन्ध रहेको बताए। उनले आफू ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमेपछि जिन्दगी सकियो भनेर बसेको मान्छे भएको जिकिर गरे। राष्ट्रपति पौडेलको सो बधाई सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले कार्यक्रममा बुढामगरलाई हस्तान्तरण गरेका थिए। ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँंदा युद्धमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राखेको विश्व कीर्तिमान लगन, शाहस र गौरवको प्रतिकका रुपमा सबैका लागि सदैव प्रेरणाको विषय हुने आफूलाई विश्वास लागेको राष्ट्रपति पौडेलले बधाई सन्देशमा उल्लेख गरेका छन्। वसन्त ऋतुको जारी आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुगेका थिए। उनको स्वागत तथा सम्मानका लागि पर्यटनमन्त्री सुदन किराँती पनि विमानस्थल पुगेका थिए। त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका हरि बुढामगरलाई बधाई दिएका छन्।

Like