धेरै पटक मौन बसें, अब त अति भयो – गगन थापा
रासंसा/काठमाण्डौ, बैशाख २४,
मुलुकमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र आफूले राखेका विषयले प्रवेश नपाएको गुनासो गरेका छन्। ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्,’ उनले लेखेका छन्,’ धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ।‘ आइतबार साँझ उनले फेसबुकमा स्टाटस लेख्दै पार्टीमा राखेको विषयले कहिले पनि प्रवेश नपाएको र निर्णय मन नपर्दा पनि धेरै समय मौन रहेको बताएका हुन्। उनले आफूले राखेका कतिपय विषयले प्रवेश नै नपाएको बेला प्रतिरोध गर्न मन लाग्दा पनि रोकिएको बताए। ‘अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो,’ उनले थपेका छन्।
Like