प्राज्ञिक विधार्थी परिषदले गर्यो जेष्ठ नागरिक र बटुकलाई फलफुल वितरण
अन्जनराज न्यौपाने/तनहुँ, बैशाख १९,
मुलुकमा प्राज्ञिक विधार्थी परिषद् नेपाल ब्यास नगर समिति तनहुँले राष्ट्रिय विधार्थी दिवसको अवसरमा फलफूल वितरण कार्यक्रमको अयोजना गरेको छ। परिषद्ले ब्यास-५ स्थित बेनी पाटनमा रहेको परोपकार महासघका कुल २१ जना जेष्ठ नागरिक तथा महर्षि बेदब्यास गुरुकुल आश्रमरमा अध्यानरत १६ जना बटुकहरुलाई फलफूल वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञिक ब्याक्तित्व शिक्षाविद् राजेन्द्र खनालले विधार्थी ज्ञानी, गुणी र असल हुन उसको घरपरिवारको संस्कार र विधार्थीमा अात्मानुशासन नितान्त अाबश्यक विषय रहेको बताए । बालमन्दिर माध्यमिक विधालयका प्रअ समेत रहेका प्रमुख अतिथि खनालले बालबालिकाको पहिलो पाठशाला उसको अाफ्नो घर भएको र बालबालिका काँचो माटो सरह भएको उदहारण दिदै जस्तो संस्कार दियो बालक उस्तै हुने बताए ।

बालबालिकाको साथी संगति कस्ता छन,उसको पारिवारिक पृष्ठ भुमि कस्तो छ,विधालयमा नियमित जान्छजादैन, कक्षाकोठामा मन लगाएर पढेको छ छैन्,कक्षा कार्य र गृह कार्य नियमित गरेको नगरेको र अनुशासनको पालना हरेक दिन गरेनगरेको प्रति शिक्षक र अभिभावक हरप्रहर सचेत हुन जरुरी रहेको बताए ।कार्यक्रममा प्राज्ञिक विधार्थी परिषद नेपालका केन्द्रीय उपाध्यक्ष पुष्प खतिवडाले परिषद् नितान्त सामाजिक संस्था भएको हुदा बेदानुयायी प्रतिष्ठानका संरक्षक गोविन्द बाबा,धार्मिक अभियान्ता ऋषिराम ढुङ्गाना लगाएतका बक्ताहरुले प्राज्ञिक विधार्थी परिषद्ले विगत लामो समय देखि नगरसरसफाइ, रक्तदान, मिसनशहासी, वक्तित्वकला, आत्मा रक्षा सम्वन्धी जनचेतनामूलक तालिम अायोजना गरि सामाजिक कार्यमा पुराएको महत्त्वपूर्ण र उदहारणीय कार्यको प्रशंसा गरेका थिए। कार्यक्रम प्राज्ञिक विधार्थी परिषद् ब्यास नगर सहसचिव समीक्षा कार्कीले गरेकि थिईन भने कार्यक्रमको समापन परिषद्का ब्यवस्थापक भाग्यशाली ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको थियोे ।