रास्वपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १९,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सहभागी हुने भएको छ । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेको प्रस्तावमा सहमत भएपछि पुरानै मन्त्रालय लिएर रास्वपा सरकारमा सहभागी हुने भएको छ । रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पार्टी सभापति लामिछानेले राखेका माग सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड तयार रहेको जानकारी दिए । केन्द्रीय समितिको बैठकपछि प्रवक्ता ढकालले सत्तारूढ दलबीच समेत थप छलफल गर्नुपर्ने भएकाले सरकारमा सहभागी हुने’bout शुक्रबारको बैठकबाट निर्णय गरिने बताए । सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकमा पार्टी सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्ड आफूहरूले राखेको मागमा सहमत भएको ब्रिफ्रिङ गरेका छन् । सत्तारूढ दलबीच थप सहमति एवं छलफलका लागि प्रधानमन्त्री प्रचण्डले समय माग गरेकाले सरकारमा सहभागी हुने कि नहुने भन्ने’bout निर्णय आउँदो शुक्रबारको बैठकमा गर्ने रास्वपाले जनाएको छ । ‘हामी अहिलेको जस्तो समर्थन पनि गर्ने र सरकारबाहिर पनि बस्ने कुरा रहँदैन,’ प्रवक्ता ढकालले भने, ‘सरकारलाई दिएको समर्थन कायमै राख्नुपरेमा सरकारमै सहभागी हुने तर सरकारमा सहभागी हुने अवस्था नआए समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्छौं ।’ सोमबार चितनव पुगेका प्रधानमन्त्री प्रचण्डले रास्वपासँग सरकारमा सहभागी हुने’bout छलफल जारी रहेको बताउँदै रास्वपा पनि सरकारमा सहभागी हुने बताएका छन् । रास्वपालाई सरकारमा ल्याउने प्रयास भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।’ यसअघि पाएको मन्त्रालय पाउनुपर्ने, सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन हुनुपर्ने सर्तसहित रास्वपा सरकारमा सहभागी हुने उनले बताए । ‘प्रधानमन्त्रीले हाम्रो पार्टी सभापतिलाई पुरानो मन्त्रालय दिन र नीति तथा कार्यक्रम पुनर्लेखनका लागि मञ्जुर छु भन्ने कुरा गरिसकेको हुनाले अहिले पार्टीले जाने या नजाने निर्णय गर्न मात्रै बाँकी हो,’ प्रवक्ता ढकालले भने । रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति लामिछाने यसैमा अडिन्छन् भन्ने आफूलाई नलागेको बताए । सत्ता साझेदार दलबीच सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरू नपुगेको समेत उनले बताए । १० पुसमा भएको एमालेसहितको गठबन्धनमा रास्वपाले उपप्रधानमन्त्री तथा गृह मन्त्रालय, श्रम र शिक्षा मन्त्रालय पाएको थियो । स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री पाएको थियो । उपप्रधान तथा गृहमन्त्री बनेर सभापति लामिछाने मन्त्रिपरिषद्मा सहभागी थिए । नागरिकतालाई लिएर सांसदको अयोग्यतासम्बन्धी मुद्दामा सर्वोच्चले गत १३ माघमा फैसला गरेपछि लामिछाने गृहमन्त्रीबाट बाहिरिएका थिए । रास्वपाका अन्य सांसदले २२ माघमा राजीनामा बुझाएर बाहिरिएका थिए । ‘रास्वपका अध्यक्ष (सभापति) रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन,’ प्रधानमन्त्रीले भने । सत्तारूढ दलभित्रसमेत थप छलफल गर्नुपर्ने भएकाले रास्वपाले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय सोमबारको केन्द्रीय समिति बैठकबाट गर्न सकेन । स्रोतका अनुसार रास्वपाले गृह वा अर्थमध्ये कुनै एक मन्त्रालय पाउनैपर्ने अडानमा छ । गृह मन्त्रालयको जिम्मेवारीमा अहिले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् भने अर्थ मन्त्रालयको जिम्मेवारीमा कांग्रेस नेता प्रकाशशरण महत छन् । चितवन–२ मा भएको उपनिर्वाचनबाट सांसद बनेपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई आइतबार भेटेका थिए । गृह वा अर्थमध्ये एक मन्त्रालय प्रधानमन्त्री प्रचण्ड रास्वपालाई दिन तयार भएपछि लामिछानेले प्रधानमन्त्रीको अन्तिम निर्णय पर्खिरहेका छन् । यस्तै यसैबीच रास्वपाको संसदीय दलको नेतामा लामिछाने चुनिएका छन् । सोमबार नै बसेको संसदीय दलको बैठकले पार्टी सभापतिसमेत रहेका लामिछानेलाई दलको नेता चयन गरेको हो । ४ मंसिरको निर्वाचनबाट २० सिट जितेको रास्वपामा लामिछाने नै संसदीय दलको नेता चुनिएका थिए । तर, नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि पार्टी उपाध्यक्षसमेत रहेका सांसद डोलप्रसाद अर्याल दलको नेता चयन भएका थिए । गत शनिबार अर्यालले दलको नेताबाट राजीनामा दिएका थिए । यसैगरी, रास्वपा संसदीय दलको बैठकले सांसद निशा डाँगीलाई सचेतकमा चयन गरेको छ । त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो । त्यसअनुसार नै सर्वसम्मत रूपमा लामिछानेलाई दलको नेता चयन गरिएको प्रमुख सचेतक सन्तोष परियारले बताए ।यसैबीच, रास्वपाले पार्टीको कामलाई थप प्रभावकारी बनाउन ३६ वटा विभाग गठन गरेको छ । केन्द्रीय समितिको बैठकले विभाग गठन गर्दै विभागीय प्रमुखसमेत चयन गरेको छ । शिशिर खनाललाई अन्तर्राष्ट्रिय विभाग प्रमुख, भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धन विभाग प्रमुखमा हरि ढकाल, शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्की, कृषि विभाग र सहकारी विभाग प्रमुख अशोक चौधरी र सार्वजनिक लेखा समीक्षा विभाग प्रमुख मनीष झालाई तोकिएको छ । हालै रास्वपा प्रवेश गरेर तनहुँ १ बाट सांसदमा निर्वाचित स्वर्णिम वाग्लेलाई रास्वपाले अर्थ नीति विभाग प्रमुखमा चयन गरेको छ । यसैगरी, नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी डा. मुकुल ढकाललाई जिम्मेवारी दिइएको छ भने कविन्द्र बुर्लाकोटीलाई संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । अभियान तथा प्रचारप्रसार विभागमा विपिन आचार्य, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल, मानवीय विकास प्रवद्र्धन विभागमा कुसुम महर्जन, उत्पादन प्रवद्र्धन विभागमा रामकृष्ण भट्टराई, नेतृत्व क्षमता तथा मानव संसाधन विभागमा खुश्बु सरकार श्रेष्ठ, जनसम्पर्क विभागमा दीपक बोहोरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धन विभागमा हरि ढकाल, आर्थिक व्यवस्थापन विभागमा लिमा अधिकारी, गुनासो व्यवस्थापन विभागमा डा. चन्दा कार्की, विकास योजना तथा नीति तर्जुमा विभागमा डा. अरनिको पाण्डे रहेका छन् । तथ्यांक अनुसन्धान तथा अभिलेखीकरण विभागमा मनीष झा, विधेयक मन्थन विभागमा गणेश कार्की, गैरआवासीय नेपाली सम्पर्क विभागमा अर्जुन अधिकारी, कानुन तथा न्याय विभागमा सोविता गौतम, कृषि विभागमा अशोक चौधरी, श्रम तथा उपभोक्ता हित विभागमा असिम शाह, यातायात विभागमा शिव नेपाली, पूर्वाधार विकास अनुगमन विभागमा निशा डाँगीलगायत छन् ।

Like