राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार, भोलिसम्म डीस्चार्ज हुनसक्ने

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १६,

मुलुकका राष्ट्रपति रामचन्द्र पौडेल भोलिसम्म डीस्चार्ज हुनसक्ने नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। छातीको तल्लो भागमा समस्या आएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्ली लगिएको थियो। त्यसअघि उनलाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएको भन्दै भोलिसम्म डिस्चार्ज हुनसक्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Like