जनादेशको सन्देश : पुरानालाई संकट, नयाँ झाँगिँदै

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १६,

मुलुकमा पाँच महिनाको अन्तरालमा भएको प्रतिनिधिसभाको उपनिर्वाचनले पुराना भनिएका राजनीतिक दलको अवस्था थप कमजोर बनाइदिएको छ । ४ मंसिर २०७९ र १० वैशाखमा सम्पन्न निर्वाचनको परिणामले छोटो समयमा नयाँ दलप्रतिको आकर्षण भने बढेको देखाएको छ । सो निर्वाचन क्षेत्रबाट निर्वाचित पौडेल अहिले देशको राष्ट्रपति छन् । उनी राष्ट्रपति बनेपछि तनहुँ १ मा उपनिर्वाचन हुने अवस्था आएको थियो । राष्ट्रपतिको आँगन मानिएको सो क्षेत्रमा गोरखाबाट झरेर नयाँ उम्मेदवारका रूपमा मैदानमा पुगेका वाग्ले निर्वाचित बनेका हुन् । ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएको तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएपछि पुराना भनिएका दलप्रति नागरिकको विश्वास घट्दो रहेको देखाएको हो । तनहुँँ १ मा ४ मंसिरमा सम्पन्न निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ २० हजार १ सय मत प्राप्त गरेको थियो भने प्रत्यक्षतर्फका उम्मेदवार पौडेलले २५ हजार ३ सय ६१ मत पाएका थिए । यसपटक कांग्रेससहित सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका गोविन्द भट्टराईले प्रत्यक्षतर्फ जम्मा २० हजार १ सय २२ मत पाए । यसैगरी, यसपटकको उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत पाएका हुन् । यसअघि सो क्षेत्रमा एमाले उम्मेदवारले प्रत्यक्षतर्फ १९ हजार ९ सय ८१ र समानुपातिकतर्फ एमालेले १६ हजार ६ सय ८३ मत पाएको थियो । यसैगरी, यसपटकको उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत पाएका हुन् । यसअघि सो क्षेत्रमा एमाले उम्मेदवारले प्रत्यक्षतर्फ १९ हजार ९ सय ८१ र समानुपातिकतर्फ एमालेले १६ हजार ६ सय ८३ मत पाएको थियो । तर, विजयी उम्मेदवार रास्वपाका वाग्लेले ३४ हजार ९ सय १९ मत पाए । यसअघि ४ मंसिरमा सम्पन्न निर्वाचनमा भने रास्वपाले सो निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ६ हजार ४४ मत र समानुपातिकतर्फ १२ हजार ७ सय ७३ मत पाएको थियो । तनहुँ १ मा ४ मंसिरमा १ लाख २३ हजार ३ सय ५ मतदाता थिए भने उपनिर्वाचनमा १ लाख २३ हजार ४ सय ९० मतदाता कायम भएका थिए । विगतको निर्वाचन परिणामलाई हेर्दा तनहुँमा कांग्रेस र एमाले दुवै दलले आफ्ना उम्मेदवारले पाएको मत गुमाएका छन् । कांग्रेसले ४ मंसिरको निर्वाचनमा भन्दा यसपटक प्रत्यक्षतर्फ ५ हजार २ सय ३९ मत गुमाएको छ भने एमालेले ११ हजार ४ सय ९३ मत गुमाएको छ । विगतको परिणामलाई आधार मान्दा सो क्षेत्रमा रास्वपाले उपनिर्वाचनमा २८ हजार ७५ मत बढाएको छ । राजनीतिक विश्लेषक हरि रोक्का ४ मंसिरको निर्वाचन र १० वैशाखको उपनिर्वाचनले जनताको भरोसा पुराना दलमाथि भन्दा नयाँ दलमाथि देखिएको बताउँछन् । ४ मंसिरमा सम्पन्न निर्वाचनमा चितवन २ बाट रास्वपाका उम्मेदवार रवि लामिछाने निर्वाचित बनेका थिए । यसपटक पाँच महिनापछि भएको उपनिर्वाचनमा पनि सो क्षेत्रमा लामिछानेले नै बाजी मारेका छन् । उनले अघिल्लोपटक भन्दा यसपटक आफ्नो मतान्तर बढाउँदै पुराना भनिएका दललाई थप चुनौती दिएका छन् । लामिछानेको नागरिकता विवादसम्बन्धमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो भने उनले पुनः नेपाली नागरिकता प्राप्तिको प्रक्रिया पूरा गरेपछि उनी पहिले आफू निर्वाचित भएकै क्षेत्रमा उम्मेदवार बनेका थिए । ‘जनताले पुराना राजनीतिक दलमाथिभन्दा नयाँ दलमाथि भरोसा देखाएको देखिन्छ, जनतामा पुराना भनिएका दलले काम गरेनन् भन्ने बुझाइ भयो, अब नयाँ भनिएका दलले कस्ता कार्यक्रम ल्याउँछन् उनीहरूको स्थायित्व त्यसैमा निर्धारित रहन्छ,’ राजनीतिक विश्लेषक रोकाले राजधानीसँग भने । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन २ मा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाएका थिए । तर, ५ महिनापछि भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत मात्र पाए । श्रेष्ठले पाएको मत यसअघिको भन्दा ३ हजार ७ सय ७४ कम हो । रास्वपाका उम्मेदवार लामिछानेले भने यसपटक ५४ हजार १ सय ७६ मत पाए । उनले ४ मंसिरको निर्वाचनमा ४९ हजार ३ सय मत पाएका थिए । उनले ५ महिनाअघि पाएको मतभन्दा उपनिर्वाचनमा पाएको मत ४ हजार ८ सय ७६ ले बढी हो । यस्तै, त्यसबखत एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले प्रत्यक्षतर्फ १४ हजार ६ सय ५२ मत पाएका थिए । यसपटक उपनिर्वाचनमा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत पाए । पोखरेलले पाएको मतभन्दा न्यौपानेले पाएको मत ३ हजार ७ सय १६ कम हो । ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन २ मा १ लाख २४ हजार २ सय १४ मतदाता थिए । यसपटक उपनिर्वाचनमा १ लाख २४ हजार ६ सय ९५ मतदाता कायम भएका थिए । ४ मंसिरको निर्वाचनमा बारा २ मा नेकपा एमाले र जसपाको गठबन्धन बनेको थियो । वर्तमान सत्ता गठबन्धनमा रहेको जसपा त्यसबखत वर्तमान गठबन्धनको विपक्षमा थियो । सो क्षेत्रमा हाल जसपा अध्यक्ष यादव १३ हजार ८ सय २२ मत ल्याउँदै निर्वाचित बनेका हुन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुसवाहलाई पराजित गरेका हुन् । कुसवाहले १३ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् । तर, अहिले भने जसपा कांग्रेस र नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा छ । बारा २ मा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दै १० वैशाखमा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा विजयी बनेका हुन् । यसअघिसमेत सो क्षेत्रबाट जसपाकै रामसहायप्रसाद यादव निर्वाचित बनेका थिए भने उनी उपराष्टपति निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुने अवस्था बनेको थियो । बारा २ मा यादवसँगै एमालेबाट पुरुषोत्तम पौडेल र रास्वपाबाट रमेश खरेल प्रतिस्पर्धामा थिए । बारा २ मा ४ मंसिरमा १ लाख ५ हजार ११ मतदाता थिए  भने हाल उपनिर्वाचनमा सो क्षेत्रमा १ लाख ५ हजार २ सय ९८ मतदाता कायम थिए ।

Like