विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिती निर्वाचन प्रक्रिया पूरा हुने
रासंसा/काठमाण्डौ, बैशाख १२,
मुलुकमा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति बाँसबारीको गत २०७८ मंसिर २५ गतेको महासभामा स्थगन भएको निर्वाचन प्रक्रिया सम्पन्न गर्ने सम्बन्धमा काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री घनश्याम उपाध्यायले दुबै पक्षबीच संवाद गराई सहमति सम्पन्न गराउनु भएको छ । वार्तामा महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीको नेतृत्वमा निर्वाचन प्रकृया पुरा गराउने सहमति भएको छ । महासंघका पूर्व केन्द्रीय सदस्य एवम् अध्यक्ष पदका प्रत्यासी व्यासाचार्य किशोरकुमार गौतम वैशाख २१ गते पशुपति सुमार्गी भवनमा एकपक्षीय रूपमा डाकिएको भेला रोक्न सहमत हुनुभएको छ । प्रमुख जिल्ला अधिकारी उपाध्यायको समुपस्थितिमा दुईपक्षबीचको सहमति भैसकेपछी दुवै पक्ष खुशी ब्यक्त गरेका छन ।

वार्तामा संघका पुर्व अध्यक्ष हेम बहादुर कार्की, धर्म सभा नेपालका अध्यक्ष गुरु वशिष्ठको समुपस्थिती रहेको संघकि कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले हामिलाई जानकारी दिनुभयो ।