रबि, स्वर्णिम र राम ले भोट हाल्न नपाउने, बिहानैदेखि मतदान केन्द्र अवलोकनमा हिँडे
रासंसा/काठमाण्डौ, बैशाख १०,
मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा स्वर्णिम वाग्ले बिहानदेखि मतदान केन्द्रहरूको अनुगमनमा हिँडेका छन् । नले बिहान ७ बजे मतदान सुरु भएसँगै तनहुँको ब्यास २ स्थित सत्यवती माध्यमिक विद्यालयबाट अनुगमन सुरु भएका हुन् ।

उपनिर्वाचनमा उनीसहित तनहुँमा ११ जना उम्मेदवार रहेका छन् । तर तनहुँमा स्वर्णिम वाग्ले आफैलाई मतदान गर्न भने पाउने छैनन् । उनको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् । लामिछाने रास्वपाबाट उम्मेदवार छन् भने न्यौपाने एमालेका उम्मेदवार हुन् । यस्तै कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् । चितवनमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ।