पप्पुको पुल न भत्काउनु, न चलाउनु

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २८,

मुलुकमा पूर्वसांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनले राजधानीमै लथालिंग बनाएको अर्को पुल हो, टेकु र कालीमाटीबीच विष्णुमति नदी पुल। पप्पुले पुल निर्माण जबरजस्ती सम्पन्न गर्‍यो। तर, गुणस्तरहीन भएकाले पुल सवारीसाधान पार्किङ गर्ने ठाउँ भएको छ। ढलान गर्दा प्रयोग गरिएको कंक्रिट पनि तोकिएको गुणस्तर अनुसारको नभएको सरकारको ठहर छ। पुल निर्माणको सुपर स्ट्रक्चरअन्तर्गत बिममा राखिएको वायर गुणस्तर र आवश्यक साइजअनुसार नहुनु पुलको मुख्य विवाद हो। डिजाइन अनुसार पुल १५.७ मिलिमिटर डायमिटर भएको तन्किने तार प्रयोग गरेर निर्माण गर्नुपर्ने हो तर ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले बराबर भार थेग्ने भन्दै १५ दशमलव २ मिलिमिटर डायमिटर भएको तार राखेर ढलान गरेको थियो। सरकारी निकाय (सडक विभाग)ले नमान्दा नमान्दै पप्पुले पुलको काम सकेको थियो। दीर्घकालमा पुल काम नलाग्ने भन्दै सरकारले पुल चलाएको छैन भने पप्पुलाई कालोसूचीमा राखेको छ। पप्पुले सरकारी कर्मचारीलाई टेर्दै नटेरेर काम सकेको थियो। पछि काम सकिएको भन्दै ठेकेदारले भुक्तानी दाबी गर्‍यो, तर विभागले भुक्तानी गर्न नमानेपछि पप्पु अदालत गएको थियो। डिभिजन कार्यालयका अनुसार पुलको काम ६८ प्रतिशत मात्र सकिएको छ। टेकु–कालीमाटी खण्डमा सवारीको अत्यधिक चाप हुने गर्छ। हाल एउटामात्र पुल हुँदा सवारीसाधन पास हुन सक्दैनन्। ढलान गर्दा प्रयोग गरिएको कंक्रिट पनि तोकिएको गुणस्तर अनुसारको नभएको सरकारको ठहर छ। टेकु पुलमा कुल ७ वटा बिममा रहेका सबै २१ वटा तारले मापदण्ड पूरा गर्दैनन्। टेकु पुल भत्काएर नयाँ ठेक्का लगाउँदा अहिलेसम्म निर्माण भएकामध्ये मापदण्डमा रहेर निर्माण भएको संरचनासम्म यथावत् राखिनेछ। त्यस्तै, जुन संरचना मापदण्डअनुसार छैन, त्यस्ता संरचनालाई भने भत्काइनेछ। त्यसपछि निर्माण गर्न बाँकी संरचनाका लागि नयाँ ठेक्का लगाइने बताइएको छ।

Like