भियतनामसँग नेपाल २-० ले पराजित

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २६,

मुलुकमा पेरिस ओलम्पिक २०२४ को महिला फुटबल अन्तर्गत एशियाली छनोट खेलमा नेपाल भियतनामसँगका दुई खेलमा पराजित हुँदै बाहिरिएको छ। फिफा वरियताको ३३ औं स्थानमा रहेको बलियो भियतनामसँग पहिलो खेलमा ५–१ ले पराजित भएको नेपाल दोस्रो खेलमा पनि स्तब्ध हुन पुगेको हो। घरेलु मैदानमा आयोजना भएको खेलमा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भयो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको दोस्रो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित हुँदै छनोट हुन असफल भएको हो। यस जितसँगै भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ। शुरुवात १० मिनेटमा नै २ गोलले पछि परेको नेपालले पहिलो हाफको अन्त्यतिर केही राम्रो प्रदर्शन गर्दैै खेलमा फर्किने संकेत देखाएपनि असफल रह्यो। पहिलो हाफमा २–० को अग्रता लिने क्रममा भियतनामकी फाम हायी यनले गरेकी हुन्। खेलको छैठौं मिनेटमा यनको गोलमार्फत भियतनामले अग्रता लिएको थियो। पहिलो हाफमा २–० ले पछि परेको नेपालले खेलमा फर्किन निकै संघर्ष गरे पनि अन्तर घटाउन असफल रह्यो। घरेलु टोलीबिरुद्ध सहज जित निकालेको भियतनाम लागातारको सफलतापछि दोस्रो चरणमा प्रवेश गरेको छ। नेपाली टोलीको रक्षा पंक्तिले किलियर गर्न नसकेको बललाई यनले जाली चुमाउन सफल भएकी थिइन्। त्यसको एक मिनेटपछि नै यनले टोलीको अग्रता दोब्बर बनाइन्। ट्रान थि ठु थाओको क्रसमा तीन नेपाली रक्षहरुकोको बीचबाट आकर्षक शैलिमा बललाई नियन्त्रणमा राख्दै उत्कृष्ट गोल गरिन्। २३ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीको प्रहार भियतनामकी गोलरक्षक खोंग थि हांगले जोगाइन्। ३९ औं मिनेटमा सावित्रा वान भर्सेस वान अवस्थामा चुकिन्।

Like