हेलिकोप्टर ह्याम्स अस्पतालको हेलिप्याडमा दुर्घटना

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २५,

मुलुकमा ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकोप्टर दुर्घटना भएको छ। धुम्बाराहीस्थित उक्त अस्पतालबाट उडान गर्ने क्रममा एयर डाइनास्टीको हेलिकोप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। ‘उडान गर्ने क्रममा पछाडिको पंखामा क्षति पुगेको जानकारी आएको छ। अहिले प्राविधिक टोलीले घटनाको जाँझबुझ गरिरहेको छ,’ अन्नपूर्णसँग उनले भने। उक्त हेलिकोप्टर बिरामी लिन चितवनको भरतपुर जान लागेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले उडान भर्ने क्रममा हेलिकोप्टरको पुच्छरमा क्षति पुगेको जानकारी दिए। उनले दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताए।

Like