संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम प्रकाशन

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २३,

मुलुकमा प्रचण्ड नेतृत्वको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरुको उपस्थितिमा बिहीबार सञ्चारमन्त्री रेखा शर्माले ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेकी हुन् । सरकारको साझा न्यूनतम कार्यक्रममा माओवादीको तर्फबाट प्रधानमन्त्री प्रचण्ड, कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष माधव कुमार नेपाल, जसपा नेपालको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, लोसपा नेपालको तर्फबाट अध्यक्ष महत्थ ठाकुर, नेसपाको तर्फबाट अध्यक्ष माधव कुमार नेपाल, जनमत पार्टीको तर्फबाट अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठ, आम जनता पार्टीबाट अध्यक्ष प्रभु साह र जनमोर्चाको तर्फबाट अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर रहेको छ । साझा न्यूनतम कार्यक्रममा सरकारका ९ प्राथमिकता तय गरिएको छ। यस्तै संयुक्त सरकारका आर्थिक्क नीति, सामाजिक रुपान्तरण, गुणस्तरीय सेवा प्रवाह गर्नेलगायतका विषयलाई कार्यक्रममा समेटिएको छ। यस्तै शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने, सन्तुलित अन्तररष्ट्रिय सम्बन्धमा जोड दिने जस्ता विषय पनि समेटिएको छ ।

Like