बीउ बीजन खरिदबिक्री गर्दा उपभोक्ता र ब्यवसायी सजक हुन जरुरी छ- वाग्ले

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, चैत्र ५,

नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति तनहुँ,गोर्खा र लमजुङ जिल्लाको तेस्रो साधारणसभा सम्पन्न भएको छ । गोर्खाको पालुङटार नगरपालिकाको म्याङ्गो रिर्सोटको सभाकक्षमा अायोजना गरिएको उक्त साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले ब्यवसायीहरुले बिउविजन खरिद विक्री गर्दागराउदा मिति सकिएको नसकिएको र पुराना स्टक बीउबीजनहरु होसियार भएर सुक्रीविक्री गराउनुपर्नै बताए ।जि,स,स प्रमुख शान्तिरमण वाग्लेले उपभोक्ता तथा ग्राहकबाट गुनासो अाउन नदिन सबै ब्यवसायीहरुपनि सचेत रहन जरुरी रहेको बताए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी, कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारी, कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडा, नेपाल बीउ व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कलप्रसाद सुबेदी लगायतले अहिले पछिल्लो समय कृषि पेशामा कृषकहरुको आर्कषण घट्दै जानु विडम्बनाको विषय भएको बताए । कृषकहरुले नै खाद्यन्न बस्तुको उत्पादन गर्ने भएकोले राम्रो बिउ विजनको प्रयोग गरी उत्पादन बढाउनुपर्नेमा जोड दिएका थिए । संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अध्यक्ष मिश्रले बीउ व्यवसायीहरुलाई सरोकारवाला निकायहरुले विभिन्न खालका तालिम तथा प्रशिक्षण अत्यावश्यक रहेको बताए ।
गोरखा, लमजुङ, र तनहुँका बीउ वितरक व्यवसायी र प्रतिनिधिहरुको सहभागीता रहेको उक्त कार्यक्रममा नेपाल वीउ व्यावसायी संघ जिल्ला समन्वय समिति तनहुँका सचिव सुरेश चन्द्र घिमिरेले सञ्चालन गरेका थिए ।

Like